जन आकाश
काठमाडौ । जिओहटस्टारले डिगो सँगको साझेदारीमा नेपालमा आफ्नो विश्वव्यापी यात्रा विस्तार गरेको छ। यस विस्तारले नेपाली चलचित्र र प्रत्यक्ष (लाइभ) अन्तर्राष्ट्रिय खेलकुदका साथ डिगोमा यसको मनोरञ्जनात्मक सामग्रीहरू ल्याएको छ। युनाइटेड किंगडम, क्यानडा, सिंगापुर र मध्यपूर्व तथा उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै जिओहटस्टारले नेपाल प्रवेश गरेको हो ।
लञ्च (शुभारम्भ) मा भेडिया १२ थ फेलु, केसरी च्याप्टर २ जस्ता ब्लकबस्टर चलचित्रहरू , हुंकार, प्रितम एण्ड पेड्रो, स्पेसियल अप्सु जस्ता ओरिजिनलहरू र बिग बोसु, कफी विथ करणु, इन्डिया का टप १ पर्सेन्ट लगायतका रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश छन्।
विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ।
काठमाडौँ मुम्बई, १ कात्तिक २०८३,
ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो।
भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पुर्याउने यो अर्को कदम समेत हो ।
यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको छ ।
लञ्च लाइनअपमा भेडियाु, १२थ फेलु, केसरी च्याप्टर २ु, सुपर ३०ु, र वेलकम टु द जंगलु जस्ता ब्लकबस्टर चलचित्रहरूसँगै जिओहटस्टार ओरिजिनलहरू जस्तै ुहुंकारु, प्रितम एण्ड पेड्रोु, अलि बाबा और ४० भूतु, स्पेसियल अप्सु, चिरैयाु लगायतका सामग्रीहरू उपलब्ध छन् ।
यसका साथै हिन्दी भाषामा उपलब्ध बेथेलहेम कुटुम्ब युनिटु, थुडाक्मु जस्ता क्षेत्रीय चलचित्रहरू र बिग बोसु, कफी विथ करणु, इन्डिया का टप १ पर्सेन्ट जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दैनिक हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउँछन्।
दर्शकहरूले डिगो को मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ। मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend