logo शुक्रबार, कार्तिक ७ २०८३ | Friday 23rd October 2026

रामेछाप जिल्ला दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ गौस्वराको पासीवनमा वर्ल्ड कप खुल्ला फुटबल प्रतियोगिता शुरु


  • जन आकाश
  • शुक्रबार, कार्तिक ७ २०८३

रामेछाप जिल्ला दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ गौस्वराको पासीवनमा वर्ल्ड कप खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ।



 

सुनगाभा डेभलपमेन्ट क्लबका अध्यक्ष तथा २०८३ बिजया दशमीको पासिवन वल्डकप प्रतियोगिताको संयोजक समेत रहेका सन्जय थापा मगरको सभापतित्व, सोही वडाका २०७४ सालमा नेकपा एमालेवाट वडा अध्यक्षका प्रत्याशी तथा सामाजसेवी धन बहादुर नगरकोटीको प्रमुख अतिथिमा बललाइ पोस्टतर्फ प्रहार गरेर उदघाटन भएको थियो।

 

नेपालीहरुको महान पर्व बिजया दशैको अवसर पारेर प्रत्येक वर्ष प्रतियोगिता हुँदै आएको त्यसै वडाका स्थानीय धन बहादुर थापा मगरले जानकारी दिए ।

 

उक्त्त प्रतियोगितामा २८ वटा टिमले भाग लिएका छन् ।

प्रथम हुनेले १०००००

दोस्रो हुनेले ५००००

तेस्रो हुनेले २५००० प्राप्त गर्नेछन्

११गते भब्य कार्यक्रमका बीछ बिजेता उप बिजेता सान्त्वना , उत्कृष्ट गोलकिपर, फर्वाड, खेलाडीहरुलाइ पुरुस्कृत गरि समापन गर्ने कार्यक्रम रहेको धन बहादुर थापा मगरले जानकारी दिएका हुन ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend