logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद थापाले दिए राजीनामा


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका सांसद थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।



पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए।बजेटमाथि छलफल गर्न नदिई हतारमा पारित गरिएको भन्दै थापा असन्तुष्ट बनेका थिए। सोही असन्तुष्टिका कारण उनले सांसद पदबाट राजीनामा दिएको जनाइएको छ।

यद्यपि, सभामुख भण्डारीले थापाको राजीनामाबारे अहिलेसम्म कुनै निर्णय लिएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट मंगलबार प्रदेशसभाबाट पारित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend