जन आकाश
२६ असोज, काठमाडौं । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई कार्यान्वयनमा जोड दिइएको छ ।
नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं(पोखरा(लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने पनि उल्लेख छ । केरुङ(काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend