logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दक्षिण पूर्वी एसियाका ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौं । काठमाडौं । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो।जसमध्ये कम्बोडियबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको प्रवक्ता लोकबहादुर पौडेलले बताए ।



हाल कम्बोडियाका जेलमा ४९ जना नेपाली रहेको भन्दै उनले नेपाली दूतावास ९बैंङ्कक० ले कानुनी सहायताको समन्वय गरिरहेको जानकारी दिए। उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि, गैरकानुनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कारबाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरणसहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ ।

मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ। पौडेलले मध्यपूर्वमा शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व लम्बिने देखिएकाले यसबाट नेपालीको सुरक्षा, रोजगारीलगायत स्वदेशमा इन्धन, निर्माण, पर्यटन लगायत अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्नेतर्फ सरकार संवेदनशील रहेको बताए ।

हाल उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हालसम्म सामान्य रहेको र कोही पनि प्रभावित भएको जानकारी नआएको मन्त्रालयका अधिकारीले बताए । वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्वाध उपयोग तथा दिगो शान्तिका पहलहरूमा नेपालको समर्थन रहेको प्रवक्ताले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend