जन आकाश
मोहन कार्की
काठमाडौं । यही २५ गते चीनका राष्ट्रपति सी.चिन फिङ नेपालको निमन्त्रणामा २ दिने राजकीय नेपाल भ्रमणमा आउनुभएको थियो । राष्ट्रपति सि आउने तय भएपछि काठमाडौंका मुख्य शहर बेहुली झै सिगारेर चिटिक्क पारिएको थियो । सवारी आवगमन, हवाइ यातायात सूरक्षााको लागि सि. नेपाल प्रवेश गर्ने क्रममा केही रुटहरु २ घण्टासम्म बन्द गरिएका थिए । सि नेपालको एयरपोर्टमा पुग्नु अगावै नेपालका परराष्ट्रमन्त्री प्रधानमन्त्री, उपराष्ट्रपति, राष्ट्रपति सरकारी उच्च ओहोदामा रहेका कर्मचारीहरु सिको स्वागतका लागि पुगेका थिए ।
नेपालमा चीनबाट उच्चस्तरको भ्रमण २३ वर्षपछि भएको हो । नेपालले चीनका राष्ट्रपतिलाई अन्र्तराष्ट्रिय स्तरको राष्ट्रिय सम्मान दिइएको थियो । एयरपोर्टमा सि ओर्लनुभएपछि चिनका राष्ट्रपतिलाई नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो भने गारद सम्मान समेत दिएको थियो । त्यसपछि एयरपोर्ट, सिनामंगल, तीनकुने नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर हुँदै सीलाई कडा सुरक्षाका साथ सोल्टी होटलमा पु¥याइएको थियो सी भ्रमण गर्ने क्षेत्रमा नेपालका कलाकारहरुको नेपालको मौलिक कला, सस्कृति झल्कने गरी गीत, गाएर नाच समेत प्रस्तुत गरिएको थियो । त्यो सबै वातावरण बनाएको देख्दा नेपालले चीनलाई असल छिमेकी राष्ट्र चीनको सम्मान गरेको सहजै बुझ्न सकिन्थ्यो ।
नेपाल र चीनका राष्ट्रपतिबीच भेट
२५ गते नै चीनिया राष्ट्रपति र नेपालका राष्ट्रपति बीच नेपालको राष्ट्रपति कार्यालय सितल निवासमा भेटघाट भएको थियो । भेटघाटमा दुवै तर्फबाट राष्ट्रियस्तरको आपसी सम्बन्ध विकास र नेपाल चीन विगत लामो समयदेखि दौत्य सम्बन्ध रहदै आएको स्मरण गर्दै हाल चीनले गरेको प्रगति र विश्वका शक्तिशाली राष्ट्र बन्न सकेको चीनको अनुभवबाट नेपालले पनि केही प्रेरणा लिनुपर्ने जस्ता विषयहरु नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चिनको रेललाई नेपालसँग जोडन आग्रह गर्नुभएको थियो भने चीनका राष्ट्रपति सि.चिन फिङले हिमाली क्षेत्रको रेलको लागि अध्ययन गर्ने बताएका थिए ।
दुई दिने नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिसँग पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो भने नेपाल सरकारको तर्फबाट गरेका र चीनिया तर्फबाट तयार गरिएका सम्झौता पत्रहरुमा सम्झौता समेत गरिएका थिए ।
खासा तातोपानी नाका खोल्ने सहमति
२०७२ सालको महाभूकम्पपछि प्रभावित भएको र हाल बन्द रहेको तातोपानी खासा नाका खोल्न दुवै देशका प्रमुखहरुबीच सहमति भएका छन् ।
रसुवागढी–काठमाडौं–हिल्सामा सहमति
२०७२ सालको महाभूकम्पपछि नेपाल र चीनका सामान आयात निर्यात गर्ने एकमात्र नाका हिल्सा–स्याफुवेसी सडक सञ्चाललाई स्तरउन्नति गर्न दुवै देशले सहमति गरेका छन् जुन सुरुङ्ग निर्माण गरेर काठमाडौं सम्म उक्त सडकले चीनलाई जोड्ने छ ।
नेपाललाई भूजडित बनाउने उद्घोष
नेपाललाई अप्ठ्यारो पर्दा जहिले पनि सहयोग गर्दै आएको चीनले २०७२ सालको महाभूकम्पको ठुलो विपत्तिमा सहयोग गरेर ठूलै गुन लगाएको थियो भने त्यही विपत्तिमा अर्काे छिमेकी भारतले नाकाबन्दी गरेर नेपालीहरुलाई दुखः दिनुसम्म दिएको थियो त्यतिबेला पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो र केपी शर्मा ओली चीन भ्रमणका क्रममा भारतले नाकाबन्दी लगाएको र नेपाल अप्ठ्यारोमा परेको हाम्रो नेपाल भूपरिवेष्ठित मुलुक चीन र भारत बाहेक अरु विकल्प नभएको भनेर आग्रह गरेपछि त्यतिबेला नै चीनले समुन्द्रसम्म नेपालको पहूँच पुग्नेगरी नेपाल चीन पारवाहन सम्झौता भएको थियो भने नेपाललाई चीनले पेट्रोल, लत्ताकपडा, खाद्यन्न सहयोग गरेको थियो र नेपाललाई अति आवश्यक पर्ने पेट्रोलियम पदार्थ ३० प्रतिशत चीनबाट आयात गर्ने सहमति भई त्यसको पेट्रोलियम भण्डारणको लागि १२ अर्व चीनले सहयोग गर्ने जग्गा नेपालले उपलब्ध गराउनु पर्ने भन्ने थियो, पाचखालमा ग्याँस प्लान्ट राख्ने सम्मको तयारी थियो । त्यो विषयलाई तदारुकताका साथ अगाडी बढाएको सरकारले तिब्रगतिमा काम गरिरहेकै बेला त्यतिबेलाको एमाओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार ढलेको थियो र नेपाली काग्रेस नेतृत्वमा सरकार बनेपछि पेट्रोलियम भण्डारणको लागि जग्गा खरिदमा भ्रष्टचार मुद्दा लगाएर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई विवादमा तानेपछि त्यो प्रगति हुन सकेको छैन ।
नेपालको राज्य व्यवस्थामा समेत खेलेर नेपाललाई डयाप्पमा पार्दै आएको भारतको नीति बुझेका सिले नेपाल भ्रमणको क्रममा नेपाल अब भूपरिवेष्ठित मुलुकमात्र होइन भू जटिल राष्ट्र बनेको नेपाल–चीन पारवहन जनताले भूजटिल राष्ट्रको रुपमा बुझेका छन् भनेर सम्बोधन गरेका थिए ।
राष्ट्रपति सि उक्त सम्बोधन सँगै अन्तराष्ट्रिय स्तरमा समेत नेपालको लागि व्यापार गर्न ढोका खुलेका छन् ।
चीनका राष्ट्रपतिको भ्रमणले नेपाल र चीनको मात्र होइन नेपालका लागि अन्र्तराष्ट्रिय स्तरमा स्वतन्त्र सार्वभौम राष्ट्र र सवल, सक्षम राष्ट्र रहेको सन्देश गएको छ । यो आम नेपालीहरुको लागि गौरवको विषय हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend