जन आकाश
काठमाडौं
मोहन कार्की
भारतले नेपालको भूभाग मिच्न थालेको आज मात्र होइन जब नेपालमा राणाविरोधी आन्दोलन शुरु भयो त्यसै बेलादेखि प्रजातन्त्रका नाममा, नेपालबाट भारत पढ्न गएका र कतिपय त राणाका पुरेतहरु राणाले नै पढ्न पठाएकाहरु प्रजातन्त्रको नाम लिँदै भारतीय ओछ्यानमा मस्त हुन थाले त्यसबेलादेखि नेपाली समाजमा अगुवा र नेतृत्व यस्ता भारतीय परस्त भएका भारतमा पढेका भारतले भन्दा मान्ने धेरै अध्ययन नगरेका विशेष गरेर अराजकता मच्याउन सक्ने, जनतालाई भड्काउन सक्ने साथै सधैं भारतले भनेको मान्ने पात्रहरु भारतमा नै सबै खालका तालिम, योजना बनाई नेपाल राष्ट्रको जंगे पिलर लडाउन खेलिएको जालमा ती बनारस पढ्न गएकाहरु फसे । कतिपय जानेर फसे कतिपय नजानेर फसे । जोकी भारतमा त्यतिबेला भर्खरै भारतले पाएको स्वतन्त्रतामाथि राणा शासनको कडा अनुसन्धानले कुनै पनि नेपाली भारतसँग झुक्न सक्दैन थिए । त्यसैलाई तिलाञ्जल दिन सुझबुझ ढंगबाट भारतले नेपालका त्यतिबेलाका जमिनदारका छोराहरु जो–जो बनारस पढ्न गएका थिए तिनीहरुलाई सत्ताको सपना देखाई नेपालमा अस्थिरताको बिउ रोप्न पठाए र नेपालका उद्योग, कलकारखाना बन्द गराउने, नेपालीहरुलाई आर्थिक रुपमा कमजोर बनाउने खेल त्यहीबाट शुरु भयो ।
त्यसैदिनबाट नेपालीहरु आन्तरिक कलहमा व्यस्त भए कहिले राण शासन ढाल्ने नाममा, कहिले प्रजातन्त्र सिध्याउने नाममा, कहिले बहुदल ल्याउने नाममा त कहिले गणतन्त्र ल्याउन राजतन्त्र फ्याँक्ने नाममा । त्यो बीचमा नेपाली जनताहरुलाई आन्तरिक द्धन्दमा केन्द्रीत गराएर ध्यान यता मोडाएर कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता जस्ता नेपालको स्वतन्त्र जलसम्पदामाथि भारतले आफ्नो हैकम लादेको इतिहास साक्षी छ । सप्तकोशीको किनारहरुमा जेठदेखि भदौसम्मको वाढी र गण्डक नहरमा सुख्खा मौसममा आफ्नै देशको पानी आफैले प्रयोग गर्न नपाउने महाकालीको पानी भारतीय नियन्त्रणमा राख्न गरिएको षड्यन्त्र यतिबेला नेपालमा पुष्टि भइरहेको छ ।
बेला बेलामा पात्रहरु प्mेरिरहने सरकारको कुर्सिमा बसेर एकनाथ माला लगाउन र सिंहदरबार जुन भवन राणाहरुले बनाएका थिए ती भवनभित्र प्रधानमन्त्री बनेर एकथान फोटो झुण्ड्याउन आफ्नो जम्मभूमिको ख्यालै नगरी चुनाव जित्न र पार्टीका नाममा विरोधी पक्षलाई ढुंगा हान्न, होली हान्न त्यही भारतीय जासुसहरुसँग सरसहयोग लिएर नेपालको राजनीति गरेका नेताहरुको फेरहस्त प्रजातन्त्र स्थापना भएको ३४ वर्षमा ३८ औं प्रधानमन्त्रीको रुपमा फोटोहरु सिंहदरबारमा झुण्डिरहेका छन् तर यतिका वर्ष जो राणा शासन व्यवस्थाको अन्त्य भएको ७० वर्षको दौरानमा साना तिना सीमा त भारतले मिच्दै गयो, कोहीकाहिँ कतै जनताले प्रतिकार गर्दै गए । तर हुँदाहुँदा १९६२ मा भारत चीन युद्धको बेला भारतीय घाइते सैनिकलाई सहज होस् भनी मानवीय संवेदना सम्झेर केही महिनाको लागि नेपालले भारतीय सैनिकलाई उपलब्ध गराएको नेपालको भूमि अहिले भारतले आफ्नो नक्सामा पारिसक्यो । यस्तो अवस्थामा देश जुरुक्कै उठ्नुपर्ने बेला सरकारपक्ष सत्तामा बसिरहन नपाइएलाकी भनेर त्रासमा देखिन्छ भने प्रतिपक्ष त्यही बहाना बनाएर सरकार ढालेर सत्तामा फेरी एकथान फोटो प्रधानमन्त्रीको झुण्ड्याउन पाइएलाकी भन्ने दाउमा जोड घटाउमा लागिरहेको देखिन्छ । भुरेटाकुरे पार्टीहरुले पनि खासै दीर्घकालिन सोच राखेर राष्ट्रियताको आन्दोलनलाई अगाडि बढाएको देखिँदैन । भारतले नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गरेको महिनौ वित्न लाग्दा समेत सरोकार पक्ष सबै नेपालीलाई एक ढिक्का बनाउने अभियानमा कोही लागेको देखिँदैन । सस्तो लोकप्रियताको लागि छिटपुट प्रदर्शन भने गरेको देखिन्छ । वास्तविक हाम्रो भूमि १४७१८१ वर्ग किलोमिटर भित्रको कालापानी र लिम्पियाधुरा ३७२.४ वर्ग किलोमिटर भारतीय नक्सामा पारेको तथ्य नक्सा र क्षेत्रफल सहित तथ्य सहित सबै नेपालीमा पु¥याउने गरी कतैबाट काम भएको छैन । नेपालीहरुलाई तथ्यगत ब्रोसर बनाएर, समाचार माध्यमबाट, श्रव्यदृष्य सबै श्रोत साधन प्रयोग गरी सबै नेपालीमा जागरुक गराउन ढिलो भइसकेको छ । हुनत नेपाल सरकारले भारत सरकारसँग नोट पठाइसकेको खबर आएपनि भारतको हेपाह प्रबृत्तिको कारण नेपालको हड्पेको भूमि फिर्ता पाउने विषयमा विश्वसनीय आधार नभएको हुँदा सबै नेपाली आवश्यक पर्दा राष्ट्रियताको लडाइमा तयार भएर बस्नुपर्ने वातावरण बनाइ राख्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend