logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमइ अन्तराष्ट्रिय पदकवाट सम्मानित


  • जन आकाश
  • शुक्रबार, मंसिर २७ २०७६

मिति ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019 बाट सम्मानित गरेकोछ । उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले क्ष्द्यऋ लाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनी महानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई बर्ष भरिनै नेपालले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गर्दै यहांहरुलाई स्वागत गर्न म लागयत सम्पूर्ण नेपालीहरु आतुर रहेको जानकारी दिनुभएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend