logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चीनका रक्षामन्त्री आज नेपाल आउँदै


  • जन आकाश
  • आइतबार, मंसिर १४ २०७७

 



काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज नेपाल आउने कार्यक्रम तय भएको जनाएको छ ।

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज नेपाल आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा नेपाल बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् ।

उनी आइतबार साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

कोभिड–१९ को महामारीकाबीच भइरहेको चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाल बेइजिङको उच्च प्राथमिकतामा रहेको मात्र दर्शाउँदैन अपितु शान्तिपूर्ण सहअस्तित्वका हिमायति नेपाल र नेपालीप्रति अगाध स्नेह पनि झल्काउँछ ।चीन नेपाको लागि असल छिमेकी हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend