logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

किन रोक्यो भारतीय दुतावासले ज्ञनेन्द्रलाई


  • जन आकाश
  • शनिबार, पुष १८ २०७७

काठमाडौं – पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट उत्साहित पूर्वराजा ज्ञानेन्द्र शाह मित्र राष्ट्र भारतको भ्रमणमा जाने तयारीमा छन् ।



तर, नेपालस्थित भारतीय दुतावासले हाललाई भारत भ्रमण गर्न रोकेको छ । भारतीय दूतावाससँग समन्वय गरेर भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावली लागि परेकाले पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण केही लम्विएको हो । अंग्रेजी नयाँ वर्ष २०२१ लगत्तै नयाँ दिल्ली जाने योजनामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह गत पुस १२ गतेदेखि नै सँधै जस्तै जाडो छल्न झापाको दमकस्थित हिमालय गुडरिकमा गएका छन् ।

आफ्नो निजी चिया बगानको निवासमा बस्दै आएका ज्ञानेन्द्र कहिले दिल्ली जाने भन्ने मिति निश्चित गर्न सकेका छैनन् । नयाँ वर्ष झापामै मनाइ रहेका ज्ञानेन्द्रले यसैसाता पूर्वरानी कोमल शाहलाई पनि झापा बोलाउने पूर्वतयारी थियो । गत साता आईतबार भद्रपुर एयरपोर्ट उत्रिएका पूर्वराजा ज्ञानेन्द्र भारतको पश्चिम बंगालस्थित बागडोग्रा अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाने योजनामा छन् ।

झण्डै दुई तिहाई बहुमत प्रतिनिधिसभाका सदस्यको समर्थनमा प्रधानमन्त्री बनेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक किचलो र दबाबलाई सामना गर्न प्रतिनिधिसभा भङ्ग गरेसँगै पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रप्रति नागरिकको असन्तुष्टि चुलिएको भन्दै उत्साहित बनेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र उत्साहित भएसँगै राजाबादी र कट्टर हिन्दुवादी दलको पहिचान बनाएको पूर्वपञ्च वाहुल्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन समूह एकीकृत हुँदै हिन्दुधर्म र राजतन्त्रको पक्षमा नियमित प्रदर्शन गरिरहेका छन् ।

यसैमौकामा पूर्वराज ज्ञानेन्द्रले मित्र राष्ट्र भारत सरकार र सत्तारुढ भारतीय जनता पार्टीका उच्च नेताहरुसँग भेट्ने योजना बनाएका छन् । आफ्नो भ्रमण ओली सरकारका प्रतिनिधिका रुपमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग नजुधोस भनेर पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय दूतावासले नयाँ दिल्ली भ्रमणको अनुमति दिनमा ढिलाई गरेको स्रोतको दाबी छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री ज्ञवाली सम्भवत पुसको तेश्रो साता नयाँ दिल्ली जाने भएका छन् । उनले प्रधानमन्त्रीको दूतको रुपमा भारतीय प्रधानमन्त्री र अन्य उच्च नेतासँग भेटको समय तालिका मिलाइरहेका छन् । यो भ्रमणलाई दूतावास र मन्त्रालयले हालसम्म गोप्य राखेको छ ।

नेपालको अप्ठ्यारोको फाईदा उठाउन भारत सधै सिपालु छ । २००७ सालमा बिधानसभा गराउने खेस्रा बनाएर नेपाललाई सिक्किम बनाउन खोजेको भारतले अनेक खालका दाउहरु खोज्दै आएको छ । पछिल्लो राजनीति नेपालको अस्थिरतामा खेलेर भारतले अर्को केही स्वार्थ बोकेको हुन सक्छ । त्यसकारण नेपालका कुटनीतिज्ञहरुले बेलैमा बिचार पु¥याउनु पर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend