जन आकाश
मोहन कार्कीं ।
काठमाडौं । नेपालमा राजनीति परिवर्तनको नाममा थुप्रै क्रान्त्रि भएका छन् । तर परिवर्तन पछि आशाको पालुवा पलाउन नपाउदै मर्ने गरेको छ । तर तिनै राजनीतिक पार्टीका नाममा जनतासँग मागिखाने, छलकपड गरी अवैध ढंङगवाट स्रोत साधन जम्मा गरेर धोक्रो भर्ने काम राजनीति पार्टी सञ्चालन गर्ने नेताहरुले गरेका छन् । त्यो अस्वभाविक देखिन्छ । कुनैबेला काठमाडौ छिर्दाको उनिहरुको हैशियत र आजको हैशियतको मुल्याङकन र गरिखाने बर्ग जो मेहनत गर्छन् । उनिहरुको जीवनस्तर जस्ताको तस्तै छ । तर कहिल्यै केही काम गरेको नदेखिने चौविसै घण्टा भाषण गरेर अरुलाई बरालेर बस्ने राजनीतिक पार्टीका नेताहरुको एकाएक काठमाडौमा कराडौ करोडको गाडी, घर, बगैचा, बनेका देख्दा जो कसैलाई आश्चार्य लाग्नु स्वभाविक हो ।
तर यतापर्टी नेपालमा उठेका क्रान्त्रि भने एकपछि अर्को मरेका छन् । नेपालमा दङगा फसाद, सडक जाम, नेपाल बन्द, बम बिष्पोट, गोली हानहान, जिन्दावाद, मुर्दावाद, राजनीतिक नाममा अपहरण, हत्या, बलत्कार, जघन्य भन्दा जघन्य अपराध गर्नेहरुलाई राजनीतिक संक्षण दिनुको साथै सरकारमा रहने पक्षलाई निच शब्दले गाली गर्ने पक्ष जहिले प्रतिपक्ष र त्यो गाली गर्ने पक्ष सरकारमा जादा अर्को सरकार बाहिर भएको पक्षहरु मात्र यो ७० बर्षको अन्तरालमा घुमिरहेको देखिन्छ । त्यो समयको अवस्था र अहिलेको समयको केही पात्रहरु परिवर्तन भएपनि चलन पुरानै मोडलमा देखिन्छ । निर्देशन गर्ने मुहान एउटै भएर त्यस्तो भएको हुनुपर्छ ।
त्यसकारण नेपालमा क्रान्त्रिको नाममा नेपाललाई बनाउने उदेश्य राखेर अहिलेसम्म कुनै क्रान्त्रि भएको रहेनछ । त्यसैले देशको बिकास हुन नसकेको हो । त्यो त केवल मात्र कतैवाट परिचालित नेपाल देशलाई अस्थिरता बनाईराख्ने केही पात्रहरुलाई कतैवाट अह्राउने र ति प्रयोग चै नेपालका पार्टी नामका नेताहरु हुने भान यि यस्तै घटनाले संकेत गर्न थालेको छ ।
बल्ल बल्ल एउटा द्धान्द्ध सावधान हुन थाल्छ । त्यति नै बेला शान्तिको दियो बाल्न नपाउदै फेरी अर्को पात्र जो हिजोको दिनमा सरकारमा रहेको पार्टीको नै पात्रको नेतृत्वमा डर, त्रास, धाक, धम्की, हत्या, बलत्कार, अपरहण, चन्दा असुली र्गदै बम बिष्पोट गराउदै नेपालमा उधौगिककारण गर्न उत्साहित भएको लगानीमैत्री बातावरण बिगार्न तिनै ७० बर्षको अन्तरालमा घुमिरहेकाहरुको योजना मिलि भगतमा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालमा भएका क्रान्त्रि नामका आन्दोलनमा मारिएका गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रि, धर्मभक्त माथेमा, दशरथ चन्द, नेताहरुलाई फासी चढाएको घटना वाहेक कुनैपनि नेता बिद्रोह गर्ने क्रममा मारिएका छैनन् । त्यसमा सर्वसाधरण जनता मात्र मरेका छन् । तथ्यले त्यही भन्छ ।
फेरी कुन चै त्यो ७० बर्षको अन्तरालमा राजनीतिमा लागेकोलाई भाग पुग्दैन वा उसलाई परिचालन गर्ने पक्षले बिगतमा दिएको दानापानीको मुल्य सम्झाउदै नेपाललाई अस्थिरतामा लैजान योजना बनाईदिन्छ । त्यसै योजनामा पुनः फर्किने काम गर्र्ने गरेको देखिन्छ ।
जसको कारणहरुले नेपालको उन्नति प्रगति नभएर हुदा हुदा दक्ष जनशक्ति निरुतसाहित हुदै बिदेशमा जान खोज्छन् । ति दक्ष जनशक्तिलाई बिदेश पठाएर बृद्धाबृद्धा र केटाकेटी मात्र बस्ने देश बनाईसकेका छन् ।
आजसम्म धेरै पटक भएका आन्दोलनका नाममा घाईते भएका हजारौ हजारको बिजोग छ । , हजारौ अजारलाई पारेको अङभङ, पारिवारिक बिछोड पारेर नेपालको सामाजिक क्षेत्रलाई समेत अस्त ब्यस्त बनाएको छ ।
किन उठ्न सक्दैन नेपाल बनाउने उदेश्य बोकेको आन्दोल ?
असल शासन सभ्य समाज दिर्घकालीन बिकास अहिलेका मात्र होइन । पहिला देखिका नेपाली नागरिकलाई आफ्नो देश नेपाल राम्रो बनाउने सपना र काम गर्ने गरेकै थिए । छन् । तर नेपालमुखी आन्दोलन उठ्न नदिन २००४ सालमा भारतमा स्थापना भएको नेपाली कांग्रेस र २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सेन्डिकेट नेपालमा रहेको छ । नेपाली जनतालाई बाध्य पार्ने केही संयन्त्रहरु छन् । त्यो कोहीलाई एनजिओ आईएनजिओ जो काम गर्न अल्छी छन् । तिनलाई कागज मिलाएर खाने चलन सिकाएर राखिएको हुन्छ । र पार्टीको कार्यकर्ता बनाएर लगाम लगाएको हुन्छ । यो संयन्त्र भित्र छिरेका हरेक नेपालीहरुलाई इनै दुईवटा पार्टीको बिभिन्न संगठन नै संगठन बनाएर लगाम लगाएको हुन्छ । र सधै परनिर्भर बनाउने खालका कामहरु जस्तै युवा अवस्थाका युवायुवतीलाई १२ पास गर्न नपाउदै बिदेश पठाउने त्यो पठाउने काम राजनीतिक पार्टीको कार्यकर्ताले खोलेको ऐजेन्ट कम्पनी हुने यस्ता खालका योजना बनाएर पढे लेखेका योग, दक्ष, सक्षम लाई बिदेश पठाए पछि बाकीरहेकाहरुलाई पार्टीले भनेको मान्ने हनुमानहरु मात्रै देशमा राख्ने र शासन गर्ने गरेका छन् ।
यस्ता नीतिगत रुपमा नै नेपाललाई परनिर्भर बनाउने काम गरेका छन् । यो लगामवाट नेपालीहरुले जवसम्म पार्टीको सदस्य त्यागेर स्वतन्त्र नागरिक हुने प्र¥यास गदैनन् । नेपालको परिवर्तन नामको द्धान्द्धले नेपाल र नेपालीको भविष्य अन्धकार तर्फ धकेल्ने मात्र देखिन्छ ।
त्यसैले धोक्रे नेताहरुले धोक्रो भर्न छोडेर निभ्न लागेको मुलुकको राष्ट्रियता र गुम्न लागेको भुमि, निल हुन लागेका राष्ट्रिय उधोगहरु पुनः तजगी गराउन र बिगतमा कसैले भरिदिएको मानो खाने बानीलाई छोडेर आफै फलाएर स्वाभिमानका साथ बाच्छु भन्ने अठोट गरी नयाँ बिरताको कोर्श अगडी बढाउने पो हो कि ?
पृथ्विनारायण शाहको जन्मदिनको अवसरमा सवैलाई चेतन भया ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend