logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्लास्टिक बनाउने कच्चा पदार्थको मूल्य आकासियो


  • जन आकाश
  • शनिबार, फाल्गुन १५ २०७७

 



काठमाडौ । चीनमा प्लास्टिकका वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थ ग्रयानुअल्सको माग अत्यधिक भएपछि मूल्य अहिलेसम्मको उच्च भएको छ।

कोभिड संक्रमण कम भएपछि चीनमा प्लास्टिक दानाको माग अत्यधिक भन्एपछि उत्पादनले नधान्दा कच्चा पदार्थको मूल्य आकासिएको हो । संसारको सवैभन्दा धेरै पलाष्टिकको कच्चा पदार्थ उत्पादन त्याहा परेको हिमपातका कारण पनि मुल्य बढेको नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति एवं टिएसएन बिजनेस ग्रुपका भरत आचार्यले कोभिडपछि चीनमा प्लास्टिकको कच्चा पदार्थको माग अत्यधिक भएको बताउँदै त्यसले मूल्य आकासिएको बताए। ‘प्लास्टिकको कच्चा पदार्थको मूल्य मार्च अगाडि घट्ने देखिएको छैन्। चीनमा अत्यधिक माग र पेट्रोलियम पदार्थको मूल्य पनि आकासिँदा त्यसको प्रभाव परेको हो,’ उनको भनाई छ ।

तर नेपालमा ब्यापारिक मुल्यहरु बढ्ने कारण राजनीतिक अस्थिरताका कारण पनि हुने गरेका छन् । अहिले नोपालमा राजनीतिक अस्थिरता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend