जन आकाश
मोहन कार्की ।
काठमाडौँ । नेपालको धन मध्यको बनलाई पनि धनको रूपमा नेपालले हरियो बन नेपालको धन भनेर प्रचार गर्ने गरेको छ । तिनै बनहरू अहिले एकपछि अर्को गर्दै खरानी बन्दै गइरहेका छन् । विशेष गरेर सुख्खा मौसममा आगोलागी भई डढेलो फैलँदै बन जङ्गल सखाप हुने गरेका छन् । पछिल्लो उदाहरण ओखलढुङ्गाको माङखा र अस्ति भरखरै लागेको रामेछापको गेलुको डढेलो पछिल्लो उदाहरण हुन् ।
प्रत्येक वर्ष सुख्खा मौसममा देशै भरी यसै गरी डढेलो लाग्ने गर्दछ । डढेलो लाग्न नदिन सम्बन्धित निकायहरूले पनि पहल नगरेका होइनन् जनचेतना जगाउने देखि लिएर आगलागी भएमा आगो निभाउने तालिमका लागि समेत तलब भत्ता मोटो रूपमा कर्मचारी, स्थानीय निकाय तथा पार्टीका कार्यकर्ता समेत यो अभियानमा सहभागी भएको तथ्याङ्कले देखाउँछ ।
तर वास्तविकता भने डढेलोको नियन्त्रण भएको छैन । गएको वर्ष समयमा नै पानी परेर डढेलो कम भएको थियो । त्यो बर्षवाहेक प्रत्येक वर्ष नेपालका डढेलोहरूले नेपालको हरियो बनलाई खरानी बनाइरहेको छ ।
डढेलो कसरी लाग्छ ।
डढेलो आफै लाग्दैन । डढेलो आगो वाट फैलँदै जाने पक्रिया हो । यो आगो मानिसले नबालेसम्म आगो आफै बन्दैन । कहिलेकाहीँ पैरोजादा ढ्ङगा ठोकिएर वा बिजुलीका तारहरूमा करेन्ट सट हुँदा बाहेक आगो मानिसले नबालेसम्म बल्दैन । त्यसैले डढेलोसँग मानिसको सम्बन्ध हुन्छ । कसैले आगोको जथाभाबी प्रयोग गर्नुहुँदैन भन्ने ज्ञान नहुँदा चुरोट, सुर्ती सल्काएर फालेका आगो ननिभेका ठुटाहरू बिस्तारै सल्कँदै जाँदा आगोले बिस्तारै ज्वालाको रूप लिन्छ र त्यो ज्वाला उठ्नुभन्दा अगाडी नै थाहापाएमा नियन्त्रण गर्न सकिन्छ । तर ज्वाला फैलिएर ठुलो आकार लिइसकेपछि नियन्त्रण गर्न प्राय असम्भव नै हुन्छ । नेपालमा लागेका डढेलोहरू आजसम्म निभाउन सकिएको उदाहरण छैन । डढेलो मानिसको असावधानी वाट नै लाग्ने गरेको हुन्छ ।
असावधानीका प्रकारहरू
कुनैले आगो लगाएपछि घाँस उम्रिन्छ भनेर जानी जानी आगो लगाउने गर्ने गरेको पुरानो चलन ।
कुनैले सामुदायिक बनमा पारदर्शिता नभएको ठानेर आफ्नो ब्याक्तिगत स्वार्थ पुरा गर्न आवेगमा आएर लुकीछिपी आगो सल्काएर भाग्ने गरेको ।
सुर्ती, चुरोट खाने ब्याक्तिहरुले लाइटर, सलाई जस्ता आगो उत्पादन गर्ने बस्तु बच्चाहरूलाई बोकाउँदा बच्चाहरूले लाइटर, सलाई उत्सुक भएर अभ्यास गर्दा ।
बन जङ्गल छेउमा बारी, खेत भएका किसानहरूले झास जलाउने क्रममा आगोको नियन्त्रण भन्दा बाहिर जाँदा ।
आगो लाग्दा बनजङगल मात्र डढ्दैन त्याहा भएका जीव जन्तु प्रणीहरु मर्छन् र वातावरणीय प्रतिकुल असर पर्छ पानीका मुहानहरू सुक्छन् भन्ने चेतनाको कमी हुँदा ।
ठुला जङगलहरुलाई खण्डीकरण नगर्नु ।
बनजङगल जोगाउने उपायहरू
बाल बच्चाहरूलाई सानैमा आगो सम्बन्धी शैक्षिक ज्ञान, घरमै पनि सामान्य ज्ञान दिने ।
गाउँघर मा रहेका ज्येष्ठ उमेर समूह देखि सबै समूहलाई आगलागी हुँदा पर्ने असरहरूको बारेमा शिक्षाको तालिम दिने । जसले गर्दा सामान्य आगोको असावधानीले पानीको मुहान सुक्ने विभिन्न रोग उत्पन्न हुने जस्ता जानकारी पाए भने आगोको असावधानी कसैले गदैन ।
पहाडी क्षेत्रहरूमा चैत्र, वैशाख बढी हावा चल्ने समयमा गोठमा बारीमा आगो बाल्दा हावाको गति हेरेर मात्र आगो बाल्ने ।
बारीमा, गोठमा आगो बालेपछि पुर्णरुपमा काम सकेपछि आगो निभाएर मात्र घर फर्कने ।
आगो बाल्ने बस्तुहरू जस्तै लाइटर, सलाई बच्चाहरूलाई बोक्न नदिने ।
यसरी नेपालको बन जङ्गल जोगाउन सबै क्षेत्र वाट लाग्नुपर्छ नभए यसै गरी बनजङगलहरु एकपछि अर्को गदै खरानी बन्दै जाँदा भोलिका दिनमा नेपालका सुन्दर डाडापखाहरु नाङ्गो हुने र पानीको मुहानहरू सुक्दै जाने हुन्छन् । वातावरणीय प्रदुषण्को प्रभाव बढ्दै जान्छ । जसले मानिसको जीवनलाई नै जोखिम बनाउँछ ।
त्यसैले मानिसहरूलाई चेतनशील बनाऔँ बन जोगाउ
२०७७÷१२÷१० गते जन आकाश साप्ताहिकमा प्रकाशित प्रमुख समाचार हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend