logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुष्पलाल र बिपीको नाममा तमासा


  • जन आकाश
  • मंगलबार, साउन १२ २०७८

 



मोहन कार्की
काठमाडौ । यो हप्ता बिपी कोइराला र पुष्पलालको स्मृतिमा धेरै ठाउहरुमा कार्यक्रम भएका छन् । अरु वर्षहरुमा पनि यसैगरी कार्यक्रम हुने गर्छन् । बिपीको साउन ६ गते स्मृति दिवस पर्दछ भने पुप्पलालको साउन ८ गते स्मृति दिबश पर्दछ । यि दुवै नेतृत्वहरुले नेपालमा राणा शासन अन्त्यको लागि भुमिका खेलेको भन्ने इतिहाँसमा पाइन्छ । यि दुवै नेताहरुको त्याग र तपस्या योगदानको बारेमा चर्चा गरेर आफुलाई आदर्शवादी नेताको रुपमा चिनाउन पनि बिभिन्न ठाउहरुमा कार्यक्रम भएको देख्दै आएका छौ । तर त्यो देखवटी आदर्श मात्र भएको देखिन्छ ।

आजको राजनीतिक अवस्था र ति द्धयले गरेको सर्घषको तुलना गर्दा बिपी र पुष्पलालको सर्घष जोडेर नाम जोडेर अहिलेका प्रजातान्त्रिक समाजवादको वकालत गर्ने नेपाली कांग्रेस, कम्युनिष्ट लाइनवाट आएका बामपन्थी समाजवादका कुरा गर्ने बिभिन्न नेकपा लेख्ने कम्युनिष्ट पार्टी लेख्ने पार्टीहरुको नक्कली मुखुण्डो चोक चोकमा देखिन्थ्यो ।

ब्यवहारमा भने नेपालमा यी दुवै खालका राजनीतिक समुहहरुले अहिलेसम्म बिपी र पुष्पलालको राम्रो उदेश्यको पक्षमा काम गरेका छैनन् उल्टै प्रचार गरेर ब्यातिगत स्वार्थ पुरा गर्नुवाहेक अन्य कामहरु भएको देखिदैन ।
नेपली कांग्रेसभित्र देउवा समुह र पौडेल समुहको गुटहरुले फरक फरक तरिकाले बिपीलाई सम्झेर कार्यक्रम गरेको देखिन्छ । नेपालका माओवादीहरुले जनयुद्धकालमा पुष्पलाललाई गद्दार भनेर घोषणा गरेका थिए । अचेल त्यही पुष्पलालको सालिकका माला चढाउन यिनै माओवादी केन्द्र पनि पुगेका छन् ।

नेकपा एमालेले त पुष्पलाल, मदन भण्डारीको नाममा लिनुपर्ने सुविधा केही बाकी राखेको छैन ।
त्यसैगरी कम्युनिष्ट पार्टी लेख्ने भुरे टाकुरे पार्टीहरुको पनि के कम पुष्पलालको गुनगान गाउन र मरेको मान्छेलाई जुम्राले छोडे जस्तै कार्यकर्ताले छोडेर रित्तो भएकाहरु पनि पुष्पलाललाई सम्झने भनि सानत्वना बटुल्न बाकी राख्दैनन् ।

तर बिपीले लेखेका र उल्लेख गरेका प्रजातान्त्रिक समाजवाद, पुष्पलालले तय गरेका नयाँ जनवादी कार्यक्रम उनिहरु मरेर गएको पुष्पलालको ४३ र बिपीको ३९ स्मृति मनाउदा समेत नेपालका जनताहरु नेपालमा भविष्य नदेखेर बिदेशी भुमिमा काम गर्न जादा बिभिन्न ठाउँहरुमा दुर्घटना भई जिउदो गएको मानिस लास बनेर नेपाल फर्किरहेका थिए । यो जतिको प्रजातन्त्र, गणतन्त्रको तमासा अरु के हन सक्छ ?

गरिवी कायमै रहने, उत्पादन कुनै केही नबढ्ने नेपालमा जन्मेर बिदेश गएर कमाइ गरी ल्याएर जाहान पाल्नुपर्ने, सर्वसाधारणको जीवनस्तर कहिल्यै स्तरउन्नति नहुने तर राजनीतिक पार्टीहरुमा केही नेतृत्व वर्गको आम्दानीको स्रोत केही नदेखिने, उधोग कलकारखाना ब्यापार नभए पनि अस्वभाविक सम्पति जोडेको देखिने नेपालको बैदेशिक ऋण कहिल्यै नघटने बरु बढ्दै जाने महगी बढेको बढ्यै गर्ने तर कहिल्यै पनि लाइन नबसि कुनैपनि सेवा सुविधा सर्वसाधरणले नपाउने झन झन नेपालको अवस्था बिग्रदो अवस्थामा पु¥याउन भुमिका निर्वाह गर्ने राजनीतिक दलहरुले बिपी , पुष्पलाल, मदन भण्डरी,जस्ता महान नेताको स्मृतिमा गुनगान गाएर उनिहरुको अनुनायी भएको नक्कली नाटक वाहेक अरु केही पनि होइन ।

बरु यस्ता खालका कार्यलाई जनताको बीचमा तमासा देखाको रुपमा बुझ्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend