logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गृहमन्त्री खाणले भेटे चिनियाँ राजदूतलाई


  • जन आकाश
  • आइतबार, साउन २४ २०७८

 



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् ।

भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल(चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् ।

यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

चिनिया राजदुतले गृहमन्त्रीलाई भेटेपछि बिभिन्न खालका अडकल बाजीहरु हुन थालिसकेका छन् । नेपालमा एमसिसिको बिषयको चरम रुममा बिरोध भइरहेको छ । भने नेपालले नेपाली भुमिवाट चिन विरोधी गतिविधि हुन नदिने बिगतमा प्रतिवद्धता जनाउदै आएको छ । त्यसकारण नेपालले आफ्नो सामरिक अन्तराष्ट्रिय परिस्थिति पनि मुल्याङकन गर्नुपर्ने हुन्छ । नेपाल र अमेरिकाको अमेरिकन च्यालेन्ज कर्पोरेशनले नेपाललाई अप्ठ्यारो पारिरहेको बेला चीनका राजदुतले गृहमन्त्रीलाई भेटेपछि नेपालको लागि केही सकरात्मक सन्देश हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend