जन आकाश
एजेन्सी , विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको छ भने उसले छिट्टै अफगानिस्तान नै तालिवानको कब्जामा आएने र अमेरिकाको कठपुतली सरकारको अस्तु समेत अफगानिस्तानमा नराख्ने दाबी गरेको छन् ।
तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरिसकेका छन् ।
तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको छिट्टै काबुलको राजधानी कब्जा गर्ने र राज्यसत्ता तालीवानले कक्जा गर्ने र अमेरिकी साम्रज्यवादले गरेको अफगानिस्तान माथिको बर्वर अत्याचार र त्यसका मतियारहरुलाई अफगानिस्तानमा अस्तुपनि नराख्ने भनेर प्रबक्ताले भनेका छन् ।
अफगानिस्तानमा भइरहेको पछिल्लो दोहारो भिडन्तको खवर आईरहेका बेला अफगानिस्तानमा काम गर्न गएका नेपाली नागरिकका आफन्तहरु चिन्तित रहेका छन् । यतापर्टी सम्वन्धित निकायले बेलैमा ध्यान दिन जरुरी भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend