logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

के नेपाल विकास गर्न सकिदैन ?


  • जन आकाश
  • मंगलबार, असोज १९ २०७८

मोहन कार्की ।
नेपाल सुन्दर प्राकृतिक स्रोत÷सौन्दर्य ऐतिहासिक सम्पदा, पौराणिक क्षेत्रहरु, मौलिक सस्कृतिले भरिएको देश हो । वीर पुर्खहरुको वलिदानले निर्मित यो देशमा मेहनत गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत, देशभक्ति भावना भएका नेपालीहरु छन् ।



नेपालमा धेरै खालका आम्दानीका स्रोतहरु, विकासका योजना र गर्नसक्ने विविध खालका नयाँ कामहरु नेपालमा नै छन् भनि नेपालका विकासप्रेमी विज्ञहरुले भनिराखेकै छन् । त्यो भनाइको आधारमा र विगतमा गरेका काम र वर्तमानमा गरेका कामहरुको अवस्था हेर्दा विकासको सम्भावना देखिन्छ ।

नेपालले राणसाशन कालमा नै जलविधुतको विकास गरेको थियो, त्यतिवेला नै सरकारी भवनहरु निर्मांण गरेर अन्तराष्ट्रियस्तरमा व्यापारिक कामहरु अगाडि बढाएकोे नेपालले खानी भित्र रहेका फलाम, तामा उत्खनन् गरेको देखिन्छ । अहिले पनि कतिपय ठाउँहरुमा तिनको अवशेष दुःखदायी अवस्थामा बन्द रहेका भेटिन्छन् ।

अथाह जल भण्डारलाई सदुपयोग गरेर विश्वकै सस्तो मुल्यमा बिजुली उत्पादन गरी नेपालमा खोलिने राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगहरुलाई प्रोत्साहन गर्न सकिने आधार बोकेको देश नेपाल हो । नेपालको आफ्नै लगानीमा बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलबिधुतले यसलाई पुष्टि गर्छ । नेपालले मित्र राष्ट्रहरुको सहयोगमा बनाइराखेको पोखरा क्षेत्रिय बिमानस्थल, भैरवा अन्तराष्ट्रिय विमानस्थलहरु निर्माणले पनि नयाँ संरचना बनाउन सकिदो रहेछ भन्ने देखाउँछ ।

त्यसैगरी नेपालका हिमश्रृखलाहरुको क्षेत्रमा प¥र्यटकीय भौतिक संरचनाहरुको विकास गरेर अन्तराष्ट्रिय प¥र्यटनको आकर्षण केन्द्रको रुपमा विकास गर्नसकिने सम्भावनाहरु रहेका देखिन्छन् ।

धार्मिक क्षेत्रहरु जस्तै भैरहवाको लुम्बिनी, काठमाडौको पशुपतिनाथ मन्दिर, बौद्ध क्षेत्र, स्वयम्भु स्तुप भएको क्षेत्र, रसुवा जिल्लामा रहेको मुक्तिनाथ , खोटाङ जिल्लामा रहेको हलेसी महादेव, लगायत थुप्रै तिर्थस्थलहरु नेपालमा रहेका छन् ।

हुनत नेपालको कास्की जिल्लामा पर्ने पोखराको फेवाताल, वेगनास ताल, मुगुको राराताल लगायतका प¥र्यटकीय क्षेत्रहरुमा धेरथोर प¥र्यटक आएका छन् । साथै विश्वको अग्लो सगरमाथाको क्षेत्रमा पनि प¥र्यटक आउने गरेका छन् । ति प¥र्यटकहरुवाट देशले मनग्य आम्दानी गर्दै आएको छ । यी क्षेत्रमा भएका आम्दानी र आएका प¥र्यटकको अवस्थालाइ हेर्दा हामीले हाम्रो देशमा तरिका मिलाएर विकासका सम्भावनालाई सदुृपयोग ग¥यौ भने देश विकास सम्भव छ प¥र्यटनवाट आम्दानी बढाउछ भन्ने देखाउछ ।

नेपालको राजधानी रहेको काठमाडौ उपत्यकामा बनेको कोटेश्वर– जगाती दुर्त मार्ग, र कोटेश्वरवाट कंलकी सम्म बनाइएको दुर्त मार्गले विकासका कामहरु हुन सक्छन् भन्ने उदारण दिइसकेका छन् । सिचाँइका क्षेत्रहरुमा सिक्टा सिचाँइ योजना बनिसकेको छ । त्यस्तै खुरकोट कमला मरिन सिचाँइ योजना जस्ता थुप्रै योजनाहरु सञ्चालनको तयारीमा छन् । विभिन्न जलविधुत आयोजनाहरु पनि बनिरहेका छन् ।

यस्ता राष्ट्रिय गौरवका आयोजनाहरु बन्न थलेकाले नेपालकोे भविष्य उज्यालो तर्फ गएको देख्न सक्छौ ।

विश्वमा भइरहेका विकाससँग नेपालको तुलना गर्न भने हाल हामीले सकेका छैनौ । नेपालमा हुने विकासका कामहरु ढिलो हुने, तोकेको समयमा काम सम्पन्न नहुने, लागत बढ्ने जस्ता समस्याले नेपालको विकासमा ढिला भइरहेको छ । यो विगतका काम गराई र अहिले पनि काम भइरहेका क्षेत्रहरुमा यस्तै प्रबृति दोहोरिएका छन् । उदारणका लागि बनिसकेको तामाकोशी जलबिधुत आयोजना, मेलम्ची बहुउदेश्य खानेपानी आयोजना, चिलिमे जलबिधुत आयोजना, लगायतले तोकिईएको समयभन्दा झण्डै दुईतिहाई समय पछाडि मात्र निर्माण सम्पन्न भएका छन् ।

ति आयोजनाहरु सञ्चालन गर्दा नेपालमा राजनीतिक द्धान्द्ध थियो त्यसैलाई कारण बनाउदै आएका तिनीहरुले २०७२ सालको भुुकम्प अर्काे कारण बनेकोे थियो । तर नेपालमा अहिले झण्डै १५ बर्ष भइसकेको छ । राजनीतिक स्थायित्व नै छ देशमा । यो समयमा नेपालका नेपालीहरुलाई आफ्नै देशमा रोजगार सृर्जना हुने खालका योजनाहरु बनाइएको देखिदैन ।

काँही कतै सञ्चार माध्यमको प्रयोग गरेर स्थानीय निकायले विकास गरेको प्रचार गरेपनि उल्लेखिय र दिगो विकासको आधार भने देखिएको छैन । मानवीय चेतनाको सुचाङकमा परिवर्तन नल्याएसम्म यस्ता दिगो विकासको आधार सम्भव नहुन सक्छ ।

त्यसैको पछिल्लो उदारण दिनानु दिन नेपाली युवापुस्ताहरु विदेश जान लाइन बसेकै देखिन्छ । ति युवाहरुलाई नेपालमा आकर्षणयुक्त कार्यक्रम ल्याउन बेरोजगार घटाउन, घरका गृहणीहरुको खेर जाने समयलाई सदुपयोग गराउने खालका कार्यक्रम नेपाल सरकारले प्रभावकारी बनाएको देखिदैन । ग्रमीण भेगमा सेवा सुविधाहरु सेवाग्राहीहरुलाई छिटो छरितो तरिकावाट पहुँचमा पु¥याउन पनि सकेको छैन । जसले ग्रमीण भेगका जनताले भोग्नु परेका मानवीय संकट, स्वास्थ्य समस्या जस्ता घटनाले समयमा उपचार नपाउने हुँदा निरास भई सहरमा नै सवै नागरिकहरु अवसर खोज्न हिड्दा समस्या देखिएको छ ।

यस्ता समस्यालाई न्यूनिकरण गर्न जिम्मेवार निकायले नै कार्यान्वयन पक्षलाई ध्यान नदिदा आम नागरिकमा निरासा बढ्ने सम्भावना देखिनु स्वाभाविक हो ।

यस्ता कमीकमजोरीहरुलाई सच्याएर वा विगतमा ल्याईएका कार्यक्रमहरु प्रभावकारी नहँुदा सेवाग्राहीलाई परेको असरवाट नयाँ शिक्षा सामाजिक न्यायमा आधारित नेपालको विकास गर्ने अभियान थालिहाल्नु पर्ने टडकारो आवश्यकता देखिन्छ ।

यस्तो समग्रमा देशको विकास गर्ने आधारलाई आत्मसाथ गरेर विकास गर्न थाल्यौ भने नेपाल देशको विकास सम्भव छ । गर्न सकिन्छ ।

२०७८ साल असोज १९ गतेको जन आकाश राष्ट्रिय साप्ताहिकमा प्रकाशित

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend