जन आकाश
काठमाडौ । भारतीय पतञ्जलि योगपीठका सञ्चालक रामदेवले नेपालमा टेलिभिजन खोलेका छन् । तर, नेपालको कानुन विपरित एवम् नियम अनुसार सम्बन्धित निकायमा दर्तासमेत नभएको टेलिभिजनको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए भने पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नपालको उपस्थितिमा उद्घाटन भएको थियो । अमेरिकी च्यालेन्स कर्पोरेशनको विवाद उच्कर्षमा पुगिरहेको वेलामा अर्को विवादको सामना प्रधानमन्त्री सेर बहादुर देउवाले गर्नु परेको छ । नेपालको पचलित कानुन अनुसार काही कतै दर्त नै नभएको आस्था टेलिभिजनको प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।
नेपालको प्रचलित कानुनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चार क्षेत्रमा विदेशी लगानी ल्याउन रोक लगाएको छ । तर, पतञ्जलि योगपीठको नेपालस्थित कार्यालय बूढानीलकण्ठ ८, मन्डिखाटारमै पुगेर कानुन विपरित खुलेका ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक टेलिभिजन उद्घाटन गरे ।
नेपालको आधिकारिक सूचना विभाग के भन्छ ?
रामदेवको लगानीका यी च्यानल विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित त छन् नै । सँगै राष्ट्रिय प्रसारण ऐन २०४९ को पनि कुनै पालना भएको छैन ।
राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारण निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सूचना तथा प्रसारण विभागमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । तर, रामदेवका यी दुई वटै च्यानल विभागमा दर्ता मात्रै नभएको होइन, दर्ताका लागि कुनै निवेदनसमेत दिईएको छैन ।
विभागका महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, ‘दर्ताका लागि आवेदन आएकै छैन, विभागले यस विषयमा अनुसन्धान समिति बनाउँछ, यदि प्रशारण नै सुरु गरिसकेका रहेछन् भने कानुन अनुसार कारबाही हुन्छ ।’
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा के छ ?
भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको भनिएका यी दुई च्यानलमा आएको लगानी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित छ । यो ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यम’लाई पनि राखेको छ । आमसञ्चारमाध्यम भित्र पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमसँगै राष्ट्रभाषाको चलचित्र व्यवसाय पर्ने भनेर तोकिएको पनि छ ।
तर, देशकै कानुनले बर्जित गरेको क्षेत्रमा भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानीमा खुलेका टिभी च्यानल उद्घाटन गर्न प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र मन्त्रीको लर्को लाग्नुले ‘बेइजत’ भएको नेपालका सञ्चार उद्यमीहरु बताउँछन् । यो घटनाबाट यीनीहरुले ‘हचुवाको भरमा’ देश चलाएको पुष्टि हुने भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना पनि भईरहेको छ ।
नेपालमा स्वदेशी लगानीवाट चलेका पत्रपत्रिकाको उत्थान गर्न संरक्षण गर्न पटक पटक डेलिगेशनको लागि भेट गर्न आग्रह गर्दा भेट गर्न आनाकानी गर्ने प्रधानमन्त्री विदेशी च्यानल उदघाटन गर्न पुग्नुले नेपालको राजनीति कता गइरहेको छ भनि जनताले आश्चार्य प्रकट गर्न थालेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend