logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कालापानी, लिमुलेख क्षेत्रमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई नेपालको आग्रह


  • जन आकाश
  • आइतबार, माघ २ २०७८

 



 

काठमाडौँ — नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेको छ ।

 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ रहेको भन्दै उक्त क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् ।

 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले भने, ुमहाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ ।ु

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माणबारे सरकारको धारणा जारी गर्दै उनले भने, ुनेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको छ ।

नेपाल र भारतबीच रही आएको घनिष्ट र मैत्रिपूर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचका सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।ु

नेपाल(भारतबीचको ऐतिहासिक सम्बन्धलाई मनन गरेर सरकारले सीमा समस्या समाधान गर्नका निमित्त कूटनीतिक माध्यमद्वारा प्रक्रिया अगाडि बढाउने मन्त्री कार्कीको भनाइ थियो ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य तीव्रताका साथ अगाडि बढेको अभिव्यक्ति दिएका थिए । मोदीको अभिव्यक्तिमा नेपाल सरकारको धारणा माग हुँदै आएकोमा सरकारका प्रवक्ताले उक्त जानकारी दिएका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend