logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

युद्धको त्रासले युक्रेन छाड्नेको संख्या १५ लाख भन्दा बढी


  • जन आकाश
  • आइतबार, फाल्गुन २२ २०७८

 



 

 

एजेन्सी । युक्रेनमा रुसको आक्रमणपछि देश छाड्नेको संख्या १५ लाख भन्दा बढी पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका छन् ।

 

युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।

रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।

 

शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।

देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend