logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बाल भविष्य प्रति सचेत बनौं


  • जन आकाश
  • बुधबार, पुष २७ २०७९

 



 

काठकाडौ । बाल अधिकार हामी सबैको सरोकारको विषय हो। व्यक्ति धनी होस् या गरिब, उद्योगी होस् या श्रमिक, उत्पादक होस् या उपभोक्ता, नीति निर्माता वा कार्यान्वयन कर्ता जो सुकै किन नहोस् सबै सबैसँग बालबालिका जोडिन्छन्। बालबालिकाको उज्ज्वल भविष्य प्रति सबैको चासो र चिन्तन अपरिहार्य छ। सबैभन्दा नजिकको अभिभावक आमाबुवा, परिवारका सदस्य देखि स्थानीय, प्रदेशिक र संघीय सरकार समेत बाल भविष्य प्रति संवेदनशील बन्न जरुरी छ। तर सबै जिम्मेवार बन्न नसक्दा वर्तमान परि दृश्यमा बाल अधिकार संरक्षणमा केही समस्या देखिएका छन्।

संविधानको धारा ३९९२० मा प्रत्येक बाल बालिकालाइ परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनिएको छ। तथापि सबै अपाङ्गता भएका व्यक्तिले उनीहरू अनुकूलको शिक्षा प्राप्त गर्न सकिरहेका छैनन्। अन्य सबलाङ्ग बालबालिका सहज तरिकाले विद्यालय शिक्षा प्राप्त गरिरहँदा अधिकांश अपाङ्गता भएका बाल बालिका टुलुटुलु हेर्न बाध्य छन्। कसैको अभिभावकले उनीहरूको अध्ययनमा चासो दिंदैनन्। कतिपयले चासो दिएता पनि स्रोत कक्षाको पहुँचमा हुँदैनन् । भने कतै क्षमता कम भएको कारण इच्छुक सबैले अवसर प्राप्त गर्न सकिरहेका हुँदैनन्।

बाल बालिकाको पहिलो पाठशाला घरलर्ई मानिन्छ त्यसपछि विद्यालय। विद्यालय जस्तो पवित्र सिकाइको थलोमा बालबालिका अधिकांश समय व्यतीत गर्छन्,। सिक्ने अभिलाषा बोकेर प्रवेश हुन्छन्। त्यहीं नै दुर्व्यवहारमा परिरहेका घटनाहरू हामी सुनिरहेका छौं। समय–समयमा विद्यालयमा विद्यार्थी शिक्षकबाटै कुटपिटमा परेको तथा दुर्व्यवहार गरेको समाचार सञ्चार माध्यममा आइरहेका छन्। केही दिनअघि मात्रै पनि विद्यालय जान निस्किएका पोखराका एक जना १३ वर्षीय बालक विद्यालयमा गरिने व्यवहारको कारण पढ्न मन नलागेको भनेर बेपत्ता भएका थिए। शिक्षकले कुटपिट, यौनजन्य दुर्व्यवहारका साथै बलात्कार नै गरेका घटना पनि बाहिर आउनुले विद्यालय भित्र हुने सुरक्षा र विश्वास माथि आँच आउने गरेको छ।

सम्बन्ध विच्छेदबाट एक आपसमा नमिलेका पति–पत्नीर्लाई त छुटकारा मिल्ला तर बाबु आमाको सम्बन्ध टुट्नु बाल बालिकाको लागि अभिशाप बन्न पुग्छ। श्रीमान्–श्रीमतीले सम्बन्ध विच्छेद गरेपछि उनीहरूका बाल बच्चाले उचित स्याहार, सुसार र संरक्षण प्राप्त गर्न सकेका हुँदैनन्। बाबुसँग रहने बच्चाले आमाको र आमासँग रहने बच्चाले बाबुको मायाको अनुभूति गर्न पाउँदैनन् ।

अझै कतिपय बालबालिका त कानुनी अधिकारबाट वञ्चित हुनुपर्ने अवस्थाको समेत सिर्जना हुन्छ। यस परिवेशमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा २ मा उल्लेख भए जस्तै आर्थिक व्ययभार त बाबुआमाले व्यहोर्ने अवस्था रहला, तर सोही ऐनको दफा ७ ९१० मा उल्लेखित प्रत्येक बाल बालिकालाइ आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुने कुराको सुनिश्चितता हुनसकेको देखिंदैन।

नेपालको संविधान धारा ३९ बालबालिकाको हक अन्तर्गत उपधारा ४ मा कुनै पनि बाल  बालिकालारइ कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन। भनेर उल्लेख गरिएको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ ९९० मा चौध वर्ष मुनिका बालबालिकालाइ जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदारक रूपमा राख्नुहुँदैन  भनिएको छ।

तर पनि कतिपय अभिभावक विहीन तथा विपन्न परिवारका बालबालिका जीवन निर्वाहका लागि विकल्पको खोजीमा भौंतारिंदै होटल, रेष्टुरेन्ट, नदी किनारमा बालुवा चाल्ने, माग्ने जस्ता कार्यमा संलग्न हुन पुगेका छन्। कतिपय उद्योगी र व्यवसायीले अभिभावक विहीन वा विपन्न परिवारका बालबालिकालारइ काममा पारिश्रमिक दिएर श्रममा लगाउने गरेका छन्। अभिभावकले बाल बालिकाको भविष्य  प्रति चिन्तन नगर्दा पनि बाल श्रममा बालबालिका आबद्ध भइरहेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend