logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भए पश्चात् मिति २०८० जेष्ठ ४ गते सम्पन्न कम्पनीको पन्ध्रा वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।



संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्दकिशोर शर्मा तथा विवेक झा निर्वाचित हुनु भएको छ भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रियातायल निर्वाचित हुनु भएको छ । साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियूक्त हुनु भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend