जन आकाश
मोहन कार्की
काठमाडौ । काठमाडौ राजधानीमा एका विहानैको दृष्य हेर्न निस्कियौ भने कोरियन, जापानिज, अग्रेजी, फ्रान्सेली भाषा पढ्न हिडिरहेका गाडीमा कोचाकोच गरेर युवायवतीहरु कन्सल्टेसीमा लाईन लागिरहेको देखिन्छ । यो अलि राम्रो देश जान सक्ने बुबा आमा कतै न कतै धेर थोर आम्दानी गर्न सक्ने भएका छोराछोरीको दैनिकी हो । कतिपय स्टुडेन्ट भिषामा विदेश जाने कतिपय कोरियन इपिस पास गरेर कोरिया जाने जापनिज सिकेर जापान जाने त्यस्तै अन्य मुलुकहरुमा जानलाई त्यस देशको भाषा सिक्ने गरेका छन् । कस्तो बिडिम्बना अरुको देशको भाषा सिक्नलाई मार्षिक २५ हजार देखि ३० हजारसम्म रकम तिरेर अर्काको देशमा काम गर्न जान आतुर युवापुस्ता तयार गर्दै पठाउदै छ नेपालले । जम्मा जम्मी ३ करोड जनतालाई व्यावस्थापन गर्न सक्दैन ।
अर्को समूह हुन्छ दिउसाको दृष्य हेरौ चक्रपथ, सिनामंगल क्षेत्रतिर हे¥यौ भने पछाडी रुप्सा भिरेका हेर्दा नै गाउँघरवाट आएका युवा युवतीहरुको लर्को देखिन्छ । उनिको हातमा पासपोर्ट काखीमुनी माईक्लिर फाइलमा आवश्यक कागजपत्र हुन्छ । उनिहरु वर्किङ भिसाको लागि कोहि अलि राम्रो देशमा जान प¥यास गर्छन । कोही खाडी मुलुक, कुवेत, साउदी अरव, दवै, मलेसिया, कतार लगायत देशमा जान आतुर छन् । त्यो पनि रिन खोजेर ल्याएको पैशा तिरेर अव बाँकी को रहन्छन् । बिबाह गरेका युवाको श्रीमती र बालबच्चा, युवती हो भने श्रीमान र बालबच्चा एकजना बिदेश जाने बित्तिक्कै छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने नाममा तिनले पनि घरमा भएका बुढाबुढी आमा बालाई छोडेर शहरमा पस्छन् । ति बुबा आमाले छोराछोरी ठुला भएपछि हेर्लान मेरा त यतिवटा छोरा छन् । यतिवटी छोरी छन् । भनेर आनान्दको कुनैवेलाको रबाफ हुन्थ्यो तर अचेल छोराछोरी बढेर एकाएक यसरी बिदेश पलायनको घटनाले बुढेसकालमा आखाँभरी आशु जमाएर बस्नु शिवाय अरु केही पाएका छैनन् ति बुबा आमाहरुले ।
झण्डै दुईतिहाई आमा बुबाहरुको समस्या यहि छ । गाउमा बसोबास गरेकाहरुको लागि त अभाव भयो होला विदेश गए भनेर चित्त बुझाउदा हुन्थ्यो । शहरमा घर बनाएर बसेका शहरीयाका छोराछोरी पनि पढ्ने वहानामा कोही अमेरिका कोही क्यानाडा, अष्टिे«लिया, कोही जापान, कोही युरोप तिर गएकाछन् । गएपछि आज आउला आउदैन भोली आउला आउदैन । उत्तै बस्न थाल्छ । बुढेसकाल लागेका बुबा आमाको हेरचाह गर्ने मानिस समेत हुदैन । काठमाडौ शहरमा भनेको बेलामा पैशा नै भएपनि काम गर्ने मानिसको अभाव हुन थालिसकेको छ ।
यसरी नेपाल देश बृद्धाबृद्धाको मात्र देश बन्दैछ । यसको दोष कस्ले लिने ? दोष कसलाई लगाउने ? जिम्मेवार को को हुन ? नेपालका उद्योग सक्ने को को हुन् ? नेपालमा अराजकता मच्चायर के के प्रगती गराउछौ भनेर राजनीतिमा बराल्ने सीप सिक्नवाट बञ्चित गराउने को को हुन् ? अझै त्यस्तै परिपाटीमा लागेर बराल्ने कुन कुन पार्टीछन् ? उत्पादनसँग जोड्न कहिल्यै नसिकाउने व्यवस्था ठिक भएन भनेर भ्रम सृजना गरी आफु सत्तामा पुग्नलाई युवाहरुलाई भ¥याङ बनाउने र आफु सत्तामा पुगेपछि हिन्दुलाई पशुपतिमा बुद्धिष्टलाई श्वयम्भुमा नसेलाउदासम्म त्यही मानिसहरु मात्रैले गरेका काम ठिक र शक्तिशाली तिनैको ढोके नबनेसम्म प्रबृति कहिलेसम्म ? कागजमा अक्षर भरेर राजनीति खोलेर मान्छे बराल्ने कहिलेसम्म ? लेटरप्याड पार्टी, झुट बोलेर जनता ठग्ने पार्टी, भ्रष्टचार गरोस कि कमिशन खाएर कमाओस् कि लुटेर कमाएको होस् कि पैशा तिरेपछि पार्टीको केन्द्रीय सदस्य, संसदको टिकट, प्रदेशको टिकट, पालिकाको टिकक, वडाको टिकट बेच्ने पार्टीलाई देश र जनताको पार्टी भनेर झुट बोल्ने पार्टीहरुलाई देशले कहिलेसम्म पाल्ने ? १८ घण्टा कामगर्ने एउटा मजदुरको परिवार पाल्न र छोराछोरीलाई शिक्षा दिक्षा दिन सरकारी स्कुल कलेजमा धौ धौ छ । पार्टीका उपल्लो पदमा पुगेका अवसर पाएकाहरुको न कुनै रोजगार छ । न कुनै उद्योग चलाएका छन् । न ब्यापार छ । तिनको अश्वभाविक सम्मपति काहा बाट आयो ?
यसैको असर लाइन बसेर युवा बिदेश गइरहेका छन् । बृद्धाबृद्धा घर कुरेर बसेका छन् । नेपाल देश खाली गराउदै विदेशी योजनामा नेपाल र नेपालीको अस्तित्व समाप्त पार्न लागेका विदेशीका योजनामा फसेका राजनीतिक पार्टीहरुलाई समाजवाट बिदा गर्न जति ढिला हुन्छ त्यति नै नेपाल र नेपालीको भविष्य त्यतिनै खतरामा पर्दै गएको छ । आम नागरिकले विदेशमा भएका युवाहरुले सोच्ने वेला भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend