जन आकाश
काठमाडौं । एक युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरूपको काम खोज्न कति गल्ली धाउँछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउँछ । त्यो हो बैदेशिक रोजगार त्यही रोजगारमा जान पनि चर्को मुल्य म्यानपावरलाई तिरेर दुवै हानिन्छन् ।
हुने खाने र सक्षम जो छन् ,उनीहरूको रोजाइमा पर्छ, अमेरिका, लन्डन अनि अस्ट्रेलिया निम्न वर्गीय र गाउँघरमा पढेका पढाईबाट हैरान भएकाहरूको रोजाईमा पर्छ खाडी मुलुक । यस्तै ओखलढुङ्गागा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं ३ मा बस्ने भुवन श्रेष्ठ अनेकौँ सपना र टन्न पैसा कमाएर आफ्नो परिवारलाई सुखी र खुसी बनाउँछु भनेर फूलको माला पहिरिएर चाडै फर्किने आसमा आँखाभरि आँसु पारी वृद्ध बा, आमा, दाजुु, भाई र साथिलाई छाडेर विरानो मुलुक युएई तिर लाग्छन् ।
टन्न पैसा कमाएर नेपालमै केही गर्ने सोचले युएई गएका भुवनले आफ्नो जन्मभूमि र आमा बुवाको जस्तो माया पाउदैन्न् । बिरानो ठाउँ, भाषाको समस्या, कामको दुख, सोचे जस्तो कमाई नहुने, अनेकौँ समस्या झेल्न पुग्छन् । जसो तसो २ वर्षको समय बिताउँछन् अनि नेपाल आउने तयारी र्गछन् । जब दुई वर्षको कष्टकर युएईको बसाई बिताइसकेपछि भुवन श्रेष्ठको जीवन कालीलाग्दो घटनामा परिणत हुन पुग्छ ।
एउटै कोठामा बस्ने साथी बिरामी भई हस्पिटल लाने क्रममा साथीको अचानक मृत्यु हुन्छ । साथीको दुखत निधनपछि उनको फिगर प्रिन्ट मिलेको आधारमा त्यहाँको प्रहरी अनुसन्धान अनुसार उनी दोषी ठहरिन्छन् । अनि युएईको जेल जीवन बिताउन पुग्छन् । युएईको कानुनले नै दोषी ठहर गरिदिए पछि मृतक परिवारले पनि भुवन श्रेष्ठलाई दोषी नै ठह¥याउछन् । अहिले भुवन श्रेष्ठ विगत ५ वर्षदेखि युएईको जेल जीवन बिताइ रहेका छन् ।
छोरो कहिले नेपाल आउला र छोरोको अनुहार कहिले देख्न पाउँला भनेर पर्खाइमा बसेका वृद्धा आमा–बुवाको छोरो जेलमा प¥यो भन्ने खबरले सास नै रोकिन्छ । त्यो खबर सुन्ना साथ आमा बुबा पानी बिनाको माछा जस्तै हुन्छन् ।
ति आमा बुबा लाई एक मनले निर्दोष छोरो चाडै आउँछ भन्ने लाग्छ, आर्काे मनले छोरो विरानो देश तिर नै फस्एछ कि जस्तो लाग्छ । छोरो छिटै नेपाल पठाइदेऊ भनेर पीढीको डिलमा छोरो आउने पर्खाइमा भागवानसँग प्रथाना गरेर वृद्धा बुबा आमा बस्छन् । तर छोरो आउदैन छोरो जेलमा परेको पनि पाँच वर्ष बित्छ ।
युएईको कानुनले भुवन श्रेष्ठलाई मृतक परिवारको हातमा जिमा लगाउँछ । मृतक परिवार नेपालका बैदेशिक रोगगारमा गएका आफन्तले अन्तिम निर्णय नै युएई को कानुनले गरेको फैसला अनुसार गर्नु भन्छन् । मृतक परिवारले पचास लाख ब्लड मनि बुझाए भुवनलाई छोडिदिने नभए खुनको बदलामा खुनै फासी सजाय दिने मृतक परिवारले घोषणा गर्छन् ।
बिहान खाए बेलुकी के खाउँ भन्ने भुवनको परिवारले पचास लाख जुटाउनु भनेको आकाशको तारा खसाल्नु जस्तै हो जहाँ खेती किसानीबाट वर्षमा छ महिना खान पुग्दैन विदेशको भर पर्नु पर्छ । तर छोरोलाई बचाउनाको लागि वृद्धा आमा बुवा सबै त्याग्न तयार छन् । छोरो नेपाल आउँछ भने घर जगा सबै बेच्न तयार छौ । बनी बुथो गरेर खाउँला सास रहेसम्म । हामी बुढा बुढी मर्ने बेला छोरोलाई जिउँदै फासी दिएर मार्दै छन् । यो कुरा सम्झिदा भत भत मन पोल्छ । कलिलो २१ वर्षको छारोले आर्काको देशमा जेल जीवन बिताइरहँदा । मलाई मर्न मन लाग्छ । आमा दिन रात छोरोको बाटो हेरेर बसिरहेकी छे । सबै जना “बलेको आगो ताप्ने रहेछन्” । दुखमा कसैको साथ नपाइने रहेछ । सबै तिर छोराको जीवन रक्षाको भिक मागेउ तर कतैबाट सहयोग मिलेन । गाउँपालिका, वडामा सिफारिस गरेऊ, जन प्रतिनिधिहरूले सहयोग गर्छाै मात्र भन्छन् तर अहिले सम्म सहयोग गरेका छैन्न ।
मिडियाको सायताले सबै नेपालीले सहयोग गरेर मेरो छोरो बचाइदिन्छन भन्ने ठुलो आस लिएर जन आकाश मिडिया सम्म आएका छौ । गहभरि आँसु मन भरी पीडा बोकेर छोरालाई बचाउने आसमा भुवन श्रेष्ठको बुवा एमनारायण श्रेष्ठ र दाइ खेमराज श्रेष्ठ जन आकाश मिडियको कार्यलयमा आएर सहयोगको अपिल गरेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend