जन आकाश
नेपालमा सुन तस्करीको विषयमा ठुला ठुला समाचार बनिरहेका छन् । ठुला ठुला सार्वजनिक पदधारण गरेका व्याक्तिहरु जेल चलान भईरहेका छन् । सुन्दा ति सुन कारोबार गर्ने जतिको अपराधि अरु कोही छैनन् जस्तो भान समाजमा पारिएको छ ।
यस विषयलाई यसरी उठान गर्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ता र नियोजित तरिकाले प्रचार गर्ने समूहको पनि उत्तिक्कै भुमिमा रहेको देखिन्छ । तस्करी, भन्सार छली नेपालमा मात्र होइन विश्वका जुनसुकै राष्ट्रमा हुने गरेका छन् । धेरै थोर मात्रै हो । तर नेपालमा जस्तो बढी हल्ला खल्ला हुने गरेको हुदैन ।
त्यहा समातिएका मानिसहरुलाई सरकारको सम्बन्धित निकायले छानविन गर्छ । अनुसन्धान गर्छ र प्रमाणित भएकालाई कारवाही गर्छ । प्रमाणित नभएकाहरुलाई स–सम्मान माफी मागेर छोडिदिन्छ । नेपालमा पनि प्रमाणित नभएकाहरुलाई कारवाही गर्दैन । फरक यति हो नेपालमा कुनै मानिसलाई समात्ने वित्तिक्कै पत्रकार सम्मेलन गर्न प्रहरीलाई हतार हुन्छ । मन्त्रीलाई त्यसै विषयमा बोल्न हतार हुन्छ । सदनमा त्यही विषयमा हल्ला खल्ला गर्न हतार हुन्छ । यस्तो प्रबृति भनेको अल्प ज्ञान भएकाहरुले गर्ने हो । हाम्रो नेपालको संसद कति दक्ष रहेछन् भन्ने कुरा यसै बिषयवाट पनि थाहा पाइन्छ । अर्ध ज्ञान भएका संसद बढी रहेछन् भन्ने देखिएको छ ।
संसदले नीति बनाउने हो ।, कानुनको समस्या आएछन् भने त्यसमा छलफल गर्ने हो । तर कस्ले तस्करी गरयो, कस्ले चोरयो भनेर चोरको पछि लाग्ने, कस्लाई थुन्नुपर्छ । कस्लाई थुन्नु हुदैन भनेर सदनमा विश्व हसाउने गरी प्रस्तुत हुनु हुदैन थियो । तस्करी गर्ने, चोरने, लुट्ने, ठग्ने जस्ता अपराधमा कानुनको परिधिमा रहेर अनुसन्धान गर्ने निकाय छन् । तीनिहरुले त्यस्ता अपराधहरुमा छानवीन गरिहाल्छन् र कारवाही पनि गर्छन । भीडले यो तस्कर हो । यो अपराधि हो भनेर जर्वजस्त कुनै व्याक्ति विशेषलाई देखाएर अपराधि दर्ज गर्ने चलन जस्तो देखिन थालेको छ । यो निक्कै खतरनाक बिषय हो । भोली यस्तै भीडले अराजक ढंगवाट जो कसैलाई अपराधि दर्ज गदै लैजान थालियो भने सुशासन र सभ्य समाजको परिकल्पना गर्न सकिदैन र देशमा असल सोचका साथ बसिहरेका मानिसहरुमा पनि भोलि मेरै भविष्य माथि पनि के हुने हो भन्ने जस्ता कुराले निरासा उत्पन्न हुन सक्छ ।
अर्कोतर्फ नेपालमा सुन तस्करी गरेर भित्रिन्छ । अर्थात भन्सार छलेर भित्रिने सुनलाई तस्करी भनिन्छ । जुन सुन बजारमा मज्जाले जोखेर, मुल्य निर्धारण गरेर किन्न पाइन्छ । भन्सार तिरेर ल्याउन पाइन्छ । त्यो सुन नेपालमा आधिकारिक रुपमा राष्ट्र बैकले बेच्ने गर्छ । त्यो नेपालका सुनचादी व्यासायी गर्छु भनेर आधिकारिक पमाण पत्र लिएकाहरुले कारोवार गर्छन । तर दैनिक माग २० केजी सुन नेपाली बजारमा आवश्यक छ । तर राष्ट्र बैकले १० केजी भन्दा दैनिक किनबेच गदैन । अनि अवैद्य ढंगवाट सुन ल्याउन व्यवसायीहरु बाध्य हुने गरेका छन् ।
यस्तो समस्याको वारेमा चै कसैलको ध्यान किन जादैन । संसदरुले त यस्ता नीतिगत समस्या आएका ठाउमा ऐन कानून परिमार्जन गर्न आएका समस्यालाई मस्यौदा तयार गरेर लीपिबद्ध गरी समस्या सावधान गर्ने हो । तर त्यस्तो नभएर उल्टो गतिमा सम्बन्धित निकायहरु गईरहेको देखिन्छ । अपराध पुष्टि नभएसम्म कुनै पनि मानिसको मानमर्दन गर्न हुदैन ।
जसले भोलिका दिनमा प्रत्येक नेपालीलाई यस्तै अवस्था नआउला भन्न सकिन्न कसैप्रति रिस, आवेग आउने वित्तिक्कै भीड जम्मा गरेर अराजक तरिकाले अपराधि दर्ज गर्दै जादा ति भीड जम्मा गर्ने विरुद्ध पनि अर्कोले त्यसरी नै भीड जम्मा गरेर अराजकतामा उत्रियो भने देशको अनुसन्धान पारदर्शिता, सुशासन, मानवको नैसंगिक अधिकार काहा पुग्ला ! यस्ता गहन विषयहरु अध्ययन गर्न ति भीड जम्मा गर्नेहरुलाई निरुत्साहित गर्न पनि एउटा प्याकेज कार्यक्रम नै बनाएर शिक्षा दिने नीति ल्याउनु पर्ने देखिन्छ । त्यसैले हल्ला खल्लामा जोड गरेर गरेर होइन । अनुसन्धानमा बढी पारदर्शिता हुनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend