logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेरो नजरमा असल पिता उमेश ठाकुर


  • जन आकाश
  • बुधबार, असार २० २०८१

मेरो नजरमा असल पिता उमेश ठाकुर



 

तेजप्रकाश बायिाँ
सधैं हसमुख चेहरामा देखिने, उमेश ठाकुरको जन्म वि स २०२८ साल भाद्र ३ गते, सप्तरी जिल्लाको राजविराज न पा वडा नंं १३ राजविराजमा भएको हो । पिता जोखन ठाकुर र आमा अतिया देवी ठाकुरको एकमात्र सुपुत्रको रूपमा जन्मिएका उमेशको बाल्यकाल सुखद रहेन । अफु ४ वर्षको हुँदा एउटी बहिनी जन्म भएपछि आमाको स्वर्गवास भयो । त्यस पछि दुखका दिनहरू सुरुभए । छोरा र छोरीको मुख हेरेर बाबुले अर्को बिबाह गरेनन् । डेढ बिघा जमीनको, परम्परागत खेती, कृषिकर्म, बस्तुभाउ एवम् बालबच्चा र घरायसी काम जोखन ठाकुर एक्लैले मुस्किलसाथ भ्याई नभ्याई गरेर उतार्दै गए ।

छोराछोरीले पनि आफ्नो उमेर अनुसार जे जस्तो काम सकिन्छ बाबुलाई सघाउँदे गए । ७ वर्षको उमेरमा घरको काम भ्याउदै उमेश गाउँको, श्री महावीर माध्यमिक विद्यालयमा जान थाले । उनले त्यहाँ कक्षा ७ सम्म पढे । कक्षा ८ देखि पव्लिक माध्यमिक विद्यालय, लौनिया तिलाठीमा अध्ययन गरी २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । घरायसी काम र खेतीपाती दुखजिलो चलेकै छ । घरको अवस्था र जन शक्तिको कमीले बैनीलाई पढ्न पठाउन सकिएन । हुदैजाँदा। घरमा काम गर्ने मानिसको अभावले त्यसै वर्ष घरदेखि ५ कि मी उत्तर तर्फ फर्छेट गा बि स वडा नं ३ फर्छेट निवासी सूर्य नारायण ठाकुर तथा श्रीमती चन्द्रादेवी ठाकुरकी सुपुत्री सुश्री राम कुमारी देवी ठाकुरसँग बिबाह बन्धनमा बाधिए र घर सम्हाले । २०५२ सालगा बहिनीलाई बिबाह गरी घर पठाए ।
तर केही काम गर्ने समयमा घर बसेर के गर्ने ? घर ब्यबहारले गर्दा कपाल काट्ने व्यवसाय गर्न नभ्याए पनि उमेशका बाबुले कपाल काट्न जानेका थिए । कहिले कही बाबुले आफन्तको कपाल काटेको हेर्दा हेर्दै उमेशले पनि कपाल काट्न जानी सकेका थिए । एसएलसी पछि उच्च शिक्षातिर नलागी घर ब्यबहारमा रहेका उमेशको २०५० साल मंसिरमा, छोरीको जन्म भयो । छोरीलाई गाउँको स्कूलबाट एसएलसी गराए । पछि प्याराडाइज कलेज, राजबिराजबाट १२ कक्षा सम्म उत्तीर्ण भएपछि नेपाली सेनामा कार्यरत रामकुमार ठाकुरसँग विवाह गराइदिए ।

२०५६ जेठ महिनामा जेठो छोरा जन्मियो । २०५७ कार्तिकमा कान्छो छोरा जन्मियो । उमेशले आफु माथी तीनगोटा बालबच्चाको लालन पालनको जिम्मा पनि थपिएको महसुस गरे ।
अव घर बसेर हुदैन अवश्य केही गर्नु पर्छ, भत्रे सोचेर २७ वर्षको उमेरमा २०५६ सालमा सोभैm काठमाडौं छिरेर, बेला बेला, घरको पनि देखभाल गर्ने गरी बालाजुको एउटा सैलुनमा छ वर्ष काम गरेको अनुभवले २०६२ सालदेखि काठमाडोैंको, बुढानिलकण्ठ ३ रुद्रेश्वर चोकमा “उमेश हेयर कटि¥ङ्ग सैलुन” स्थापना गरी हाल सम्म काम गरिरहेका छन् । सैलुनमा पनि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धेरैजसो एक्लैले खटेको देखिन्छ ।

सैलुन खोलेर काम गरेको भरमा, चाहिदो काममा मात्र रकम खर्च गरी सक्दो मितव्ययीता अपनाई बचत गरेर छोरीलाई १२ कक्षासम्म पास गराए । त्यसपछि छोरीको बिबाह गरीदिए । जेठो छोरालाई २ कक्षा सम्म लिटिल फलावर बोर्डीङ्ग स्कूल राजबिराजमा पढाएर ३ कक्षादेखि हिमालय बोर्डीङ्ग स्कूल, बुढानिलकण्ठमा १० कक्षा सम्म पढाए । त्यसपछि छोराले मदन आश्रित मेमोरिएल टेक्निकल इन्स्टीच्यूट गोठाटारमा अध्ययन गर्न चाहेकोले, उक्त इन्स्टीच्यूटको प्रवेश परीक्षामा सरिक भई उत्तीर्ण भएकाले । करीव रु २,००,०००।– रकमको जोगाड गरी ३ वर्षे डिप्लोमा इन (सिभिल) इञ्जिनियरिङ्ग पढाए । उतीर्ण गरेपछि छोराले लोकसेवा परीक्षा दिई नाम पनि निकाले । तर जागीर खाने बिचार नगरी जापान जाने चाहना गरेकाले छोराको चाहना अनुसार रु २० लाख यताउती मिलाएर कतै जग्गा धितो राखेर भएपनि मिलाएर छोरालाई अढाई वर्ष अगाडि स्नातक गर्न जापान पठाए । खुशिको कुरा के छ भने, छोराले अढाई वर्षको अवधिमा, भाषा सिक्दै काम गर्दै गरेर २० लाख रुपैया फिर्ता गरी सकेका छन् ।

कान्छा छोरालाई पनि ३ कक्षा देखि १० सम्म हिमालय बोर्डीङ्ग स्कूल, बुढानिलकण्ठमा पढाए । एसएलसी उत्तीर्ण भएपछि क्यानभास कलेज बसुन्धराबाट प्लस २ उत्तीर्ण गरे । तत्पस्चात बि ई अध्यनको लागि खोपः इञ्जिनियरिङ्ग कलेज भक्तपुरमा प्रवेश परीक्षा दिएकोमा स्कलर सिपमा नाम निस्कियो । प्रथम प्राथमिकत।, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन र द्रितिय प्राथमिकता बि र्ई (सिभिल) थियो । इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन पढ्ने कलेज काठमाडौमा नभएको तर उनको परिवार काठमाडौंमा भएकोले बि ई (सिभिल) नै पढने बिचार गरेर खोपः अन्तरगत कान्तिपुर सिटी इञ्जिनियरिङ्ग कलेज काठमाडौ, पुतली सडकमा बि ई सिभिल) कक्षामा भर्ना भए । उक्त पढाइको लागि ८ लाख ५० हजारमा कुरा फाइनल भयो । उमेशले त्यो खर्च पनि जोगाड गरे । तर अध्ययन गर्दै जादा सेमेष्टरहरूमा हुने परीक्षामा कान्छो छोराले राम्रो नतीजा प्राप्त गरेबापत कलेजले शुल्कमा दिने छुट रकम कटाउदा जम्मा खर्च ७ लाख ५० हजार ले पुग्यो । यस प्रकार बि ई गरे पछि काम र अध्ययनका लागि हाल बिदेश जाने तरखरमा छन् । उमेशका बाबु जोखन ठाकुर पनि परिवारको यस्तो सफलता देखेर सारै खुशी छन् ।

एउटा अति सामान्य परिवारमा जन्मिएर ४ वर्षको उमेरमा आमा गुमाएका उमेशले खेतीपाती र घर व्यवहार धानेर बृद्ध हुदै गएका बाबुको समेत हेरबिचार गरी बहिनीको लागि योग्य ज्वाइ खोजेर बिबाह गराइदिनु, छोरीलार्ई पढाएर १२ कक्षासम्म पास पछि बिबाह गराई दिनु, छोराहरू दुवै जनालाई काठमाडौं राखेर बोर्डीङ्गमा पढाएर, लाखौलाखं रुपैयाँ छिन छिनमा व्यवस्था गरेर २० औं लाख सम्म पनि कतै चल अचल सम्पत्ति धितो बन्धक राखेर भएपनि, समयमा जोहो गरी सम्बन्धित निकायमा पु¥याउनु भनेको पक्कै पनि सहज काम होइन । यसरी उनले कुशल अविभावकको भूमिका निभाउन सफल भएकाले “असल पिता” संज्ञा दिएको हुँ ।

यसले के बुझिन्छ भने, तँ आँट म पु¥याउछु भत्रे हाम्रो पौराणिक उखानको चरितार्थ हो । अर्को कुरा मानिसको भाग्य भत्रे कुरा जाँगर पनि हो । इमानदारी र निरन्तरको लगनसीलताले धेरै व्यक्ति धेरै ठाउँमा सफल भएका छन् । उमेशको सफलता पनि हसिलो अनुहार, मीठो बोली, पेशा प्रतिको दक्षता, ग्राहकसँगको नम्र ब्यवहार एवम् लगनसीलता आदि उनको सफलताको कडी हो जस्तौ मलाई लाग्छ । आगामी दिनहरूमा पनि आवश्यकता र चाहना अनुसार सफलता मिल्दै जावस् । छोराहरू दुवै भाइलाई भविश्यमा सोचे बमोजिम सफलता मिलोस् । उमेशको सैलुनले पनि प्रचूर मात्रामा ग्राहक पाइरहोस् यही मेरो शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend