logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार !


  • जन आकाश
  • शनिबार, साउन ५ २०८१

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल भाषा मिसा खल:को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियोे।



नेपालभाषा-साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले ‘नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’विषयक कार्यपत्र प्रस्तुत गरेका  थिय ।

कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिय । उनले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताएका  थिय ।

नेपाली र नेपालभाषाकी साहित्य सर्जक ,साङ्गठनिक , साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको उनले बताएका  थिय।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पु-याएको योगदानबाट कोही पनि विमूख रहनु हुँदैन । उहाँका बारेमा गहिरो खोजअनुसन्धान हुनुपर्नेमा जोड दिदै एउटा भाषा हरायो भने राष्ट्रको ठुलो अङ्ग हराउँछ भन्ने चेतना स्वयम् राज्यको हुनुपर्ने धारणा राखेका थिय।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ‘हंसा’ले मोतीलक्ष्मी उपासिकाले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यस कार्यक्रमले महत्त्वपूर्ण देन रहने कुरा स्वागत मनतव्यमा बताएकि थिइन।

कार्यक्रमका सभाध्यक्ष,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा(मातृभाषा कोष तथा व्याकरण ) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले साहित्यमा विशिष्ट योगदान गर्नुभएकी मोतीलक्ष्मी उपासिका नेपालभाषा -साहित्य मात्र नभई सिङ्गो नेपाली साहित्यकी प्रेरणादायी एक क्रान्तिकारी नारी हस्ताक्षर रहेको दाबी गरेका थिए ।

एक सर्जक, सङ्गठक र अभियन्ता रहेकी उपासिकाको व्यक्तित्वलाई उजागर गर्न अझै बाँकी रहेको उनले बताएका  थिय।

उक्त कार्यपत्र प्रस्तुत गर्दै प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषाका विशिष्ट प्रतिभा चितधर ‘हृदय’ जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी मोतीलक्ष्मी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपालभाषाको संरक्षण र संवर्द्वनका निमित्त आगाडि भनेर प्रशसा गरेका थिय ।

जेलमा परेकाआफ्नो दाजु चित्तधरलाई अनेकौँ जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने र जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति भएको बताएका थिय ।

नेपालभाषाका क्षेत्रमा पहिलो आधुनिक कथाकार तथा नेपाली भाषाको प्रथम महिला कथाकारका रूपमा परिचित रहेको बारे उल्लेख गर्दै मोतीलक्ष्मीलाई नीति, उपदेशमूलक, दार्शनिक तथा स्वच्छन्दतावादी दृष्टिकोण व्यक्त गर्ने नेपालभाषाको आधुनिक  गद्य साहित्यका लागि विशुद्ध सेतुको रूपमा कार्यपत्र प्रस्तोता तुलाधरले चित्रण गरेका थिय।

उक्त कार्यपत्रमा इङ्कित गर्दै महिलाहरूको सहभागितासहित’नेपालभाषा मिसा खल:’जस्ता संस्था खोलेर मोतीलक्ष्मी नेपालभाषाको श्रीवृद्धिका साथै मातृभाषाको उन्नायनमा प्रेरक व्यक्तित्व बनेको बारे उल्लेख गरेका थिए।

उक्त कार्यपत्रमाथि प्राज्ञद्वय चेतनाथ धमला र सूर्यप्रसाद यादव ,सहभागीका तर्फबाट तिलकप्रकाश कायस्थ , शाक्य सुरेन र हरिशरण राज उपाध्याय शर्माले आआफ्नो जिज्ञासासहित टिप्पणी राखेका थिय।

कार्यक्रममा ‘मोतीलक्ष्मी उपासिका’शीर्षकको आफ्नो कविता लोककवि राजभाइ जकमीले वाचन गरेका थिए। समाजसेवी तथा साहित्यकार कृष्णलाल प्रधान र नेवा देय् गुठीका अध्यक्ष पवित्रा बज्राचार्यले उनको योगदानबारे आआफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेपालभाषा मिसा खल:का अध्यक्ष धर्मशोभा तुलाधरले धन्यवादज्ञापन तथा संस्थाका सहसचिव पद्मलक्ष्मी ताम्राकारले आयोजकका तर्फबाट खादा लगाएर स्वागत गरेका थिय ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend