जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै छ।बन्द सत्रको कार्यक्रम बिहान साढे ८ बजेदेखि नै सुरू हुने कार्यतालिका थियो। गेस्ट हाउस चउरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र भने चितवन प्रदर्शनी केन्द्रमा हुनेछ।
प्रदर्शनी केन्द्रमा बिहानैदेखि नेता कार्यकर्ता र समर्थकहरूको भीड छ।बन्द सत्र हुने हलमा महाधिवेशन प्रतिनिधिहरू मात्रै सहभागी हुन पाउनेछन्।
रास्वपामा ४ हजार बढी महाधिवेशन प्रतिनिधि छन्।प्रतिनिधिहरूलाई बन्द सत्रस्थलमा प्रवेशका लागि पनि कडा सुरक्षा चेकजाँच गरिएको छ।
प्रहरी र सुरक्षागार्डहरूले सुरक्षा जाँच गर्दै प्रतिनिधिहरूलाई कार्यक्रमस्थमा प्रवेश गराएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend