logo सोमबार, असोज १९ २०८३ | Monday 5th October 2026

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ।



ग्राहक सुविधा अभिवृद्धि, सुरक्षित तथा नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।

योजनाअनुसार बैंकका डेबिट कार्डवाहक ग्राहकले दराज नेपालमार्फत न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन्।

त्यस्तै, क्रेडिट कार्डवाहक ग्राहकले न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।

यो योजना हरेक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा र पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यस योजनामार्फत डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्न तथा ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा र बचत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend