जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।
सोमबार भएको भेटवार्तामा नेपाल(अस्ट्रेलियाको आफसी हितका विषयमा कुराकानी भएको छ। त्यस्तै, दुई देशको सम्बन्धका विभिन्न विषयमा खुला छलफल भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जानकारी दिएको छ।
भेटवार्ताका क्रममा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र र सुशासनलगायतका विषयमा छलफल भएको दूतावासले जनाएको छ।
नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि निरन्तर संवाद, सहकार्य र सम्बन्ध विस्तार हुने अपेक्षा रहेको राजदूत अर्न्स्टले भेटका क्रममा बताएको छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend