logo सोमबार, असोज १९ २०८३ | Monday 5th October 2026

कांग्रेसको पदाधिकारीमा थपियो वरिष्ठ उपसभापति पद


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ । यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश गरिएको थियो ।



१५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारी संख्या बढाउनुका साथै वरिष्ठ उपसभापति पदसमेत थप्ने तयारी गरेको हो । महाधिवेशनको बन्दसत्रले पारित गरेपछि यो व्यवस्था लागु हुनेछ । पार्टीभित्र पदाधिकारीमा आकाङ्क्षी बढेपछि पदाधिकारीको संख्याका साथै पदसमेत थप गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend