logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

 डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण बाढी पुनस्थापनाकाे लागि सहयाेग


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ।
Doosan Bobcat India Pvt. Ltd. कम्पनीले भदौ १०, २०८२ मा आएको भोटेकोशी नदीको बाढीबाट जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै उक्त सहयोग उपलब्ध गराएको हो।
Bobcat Mini Excavators: ४ थान
Bobcat Backhoe Loaders: २ थान
Bobcat Skid Steer Loaders : ३ थान
Bobcat Tower Lights: ६ थान
यी उपकरणहरू भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच पुर्‍याउने, सडक पुनःस्थापना तथा अन्य आपत्कालीन पुनःस्थापना कार्यमा प्रयोग गरिने जनाइएको छ। एफ.जी. इन्कर्पोरेटे मार्फत सेवा तथा तयारी
उपकरणहरू नेपालका अधिकृत डिलर एफ.जी. इन्कर्पोरेटे प्रा.लि.को सहकार्यमा सर्भिस तथा तयारी गरी सञ्चालनका लागि तयार पारिएको कम्पनीले जनाएको छ।
नेपाल सरकारलाई औपचारिक हस्तान्तरण
उक्त सहयोग अन्तर्गत एफ.जी. इन्कर्पोरेटेड प्रा.लि.का अध्यक्ष पवन कुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, कम्पनीका निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा नेपाल सरकारका गृहमन्त्रीलाई एक समारोहबीच उपकरणहरू हस्तान्तरण गरेका छन्।
कम्पनीले औपचारिक हस्तान्तरणमार्फत नेपाल सरकारसँगको सहकार्यमा विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। Doosan Bobcat India Pvt. Ltd. ले विपद्बाट प्रभावित समुदाय तथा नेपाल सरकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै नेपालको उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend