जन आकाश
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्गमा यातायात ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०:१५ बजे पहिरो खस्दा सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो हटाउन उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ। करिब आधा घण्टाभित्र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend