logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

कवयित्री कल्पना अधिकारी भट्टराईकाे चाैथाे कृति सासू आमा गीति काव्यकाे लाेकार्पण


  • जन आकाश
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ । बाहिर अविरल वर्षात् भइरहँदा सामाखुसीमा भने अविरल काव्य प्रवाह भयो । कवयित्री कल्पना अधिकारी भट्टराईकाे नवीनतम् कृति सासू – आमा गीतिकाव्यकाे लाेकार्पण भव्य रूपमा सम्पन्न भयो ।



भट्टराई परिवारकाे आयाेजनामा पवनराम भट्टराईकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार डा. वमबहादुर थापा जिताली, विशिष्ट अतिथिमा, ढकाल शिखरनाथ बेलकाेटे कवि, चन्द्रा न्याैपाने, दुर्गा अधिकारी भमरकाेटे, नेत्रप्रसाद अधिकारी , रामकृष्ण अधिकारी रहेका कार्यक्रममा सरस्वती अर्याल , प्रदीप अधिकारी , चिरायू शाह, रेष्मा भट्टराई , आदिश्री शाह, अञ्जु कुईँकेल भट्टराई , सुनिता रेग्मी भट्टराई , शाश्वत भट्टराई , अथर्व भट्टराई , नीरव भट्टराई आदि उपस्थित थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै दामाेदर ढकाल दीपकले कल्पना भट्टराईमा भएकाे काव्यिक क्षमताले एउटा नयाँ तरङ्ग र समाजलाई एक दिव्य चेतना दिएकाे बताउँदै उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य राखेका थिए ।

पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरे लगत्तै कृति लाेकार्पण भएको थियो । लाेकार्पण लगत्तैबाट सासूआमा गीतिकाव्यकाे सफलताकाे शुभकामना र काव्य भित्रबाट रचना वाचन क्रमश सरस्वती अर्याल, दुर्गा अधिकारी भमरकाेटे, चन्द्रा न्याैपाने, शिखरनाथ ढकाल बेलकाेटे कवि, नेत्रप्रसाद अधिकारी , रामकृष्ण अधिकारी, प्रदीप अधिकारी र शाश्वत भट्टराईले बाचन गरेका थिए ।

कृतिकी लेखिका कल्पना भट्टराईले धेरै काम गर्न बाँकी रहेकाे बताउँदै चाँडै नै दुईबटा कविता सङ्ग्रह प्रकाशित हुने र सबैभन्दा ठूलाे काम आफ्ना पिताश्रीले समाजमा पुर्याउनु भएकाे याेगदानमा आधारित रहेर एक हजार श्लाेकभन्दा माथिकाे कृति लेखेर प्रकाशन गर्ने धाेकाे रहेकाे बताएकि थिइन।

उनका यसअघि नै कल्पनाका सुसेली, वासन्ती वन, आमा लगायका कृति प्रकाशित भै सकेका छन् । सासू आमा उनको चाैथाे कृति हाे ।

कार्यक्रममा प्रमुख अतिथि डा. बमबहादुर थापा जितालीले कल्पनाकाे लेखन कर्मकाण्डी नभएर साच्चिकै गहन र काव्यिक रहेकाे बताउँदै कृतिका श्लोक पढ्दा भावुक समेत भएका थिए।

सभापति एवम् कृतिकारका पति पवनराम भट्टराईले उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै , आफू र आफ्नो परिवारलाई समेत चिनाउने धर्मपत्नी कल्पना अधिकारी भट्टराईकाे प्रसंशा गर्दै श्रीमतीका हरेक रुचि, चाहाना र सपनालाई पूरा गरेर छाड्ने प्रतिवद्धता जाहेर गरेका थिए, कार्यक्रममा दामोदर ढकाल दीपकलाई दाेसल्ला ओडाएर सम्मान गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन बहुमुखी प्रतिभाकी धनी सुशीला ढकाल अधिकारीले  सन्चालन गरेकी थिइन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend