logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सभापतिमा गगन थापालाई समर्थन गर्दै किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन्।



आज पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिका उम्मेदवार गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

पार्टी संकटमा रहेका बेला एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको राठौरले बताए। कांग्रेसलाई एकताबद्ध बनाउन आफू सक्रिय रहने उनको भनाइ छ।

बर्दियाबाट महाधिवेशन प्रतिनिधि रहेका राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका थिए। यसअघि सभापतिमा राठौरसहित गगन थापा र काठमाडौं–६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्कीको उम्मेदवारी परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend