logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

केन्द्रीय सदस्यमा भरतराज ढकालको उम्मेदवारी


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । उद्यमी भरतराज ढकालले नेपाली कांग्रेसका पार्टीको १५औँ महाधिवेशनमा पेशागत विज्ञको क्लस्टर तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। स्याङ्जाको आँधीखोला गाउँपालिका–६, फापरथुमका ढकाल १०औँ महाधिवेशनदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। राजनीतिसँगै बैंकिङ, सहकारी, कृषि, उद्यम, बालबालिका संरक्षण तथा वातावरणका क्षेत्रमा उनको लामो अनुभव छ।



२०५७ सालमा अनाथ तथा गरिब बालबालिकाका लागि सहारा बालगृह स्थापना गरेका उनले २०५९ सालमा रोयल सहकारी र २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पछिल्लो एक दशकदेखि कृषि क्षेत्रमा मूल्य–श्रृंखला र रोजगारी सिर्जना गण्डकी प्रदेशमा लोकप्रीय छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा स्याङ्जा क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार बनेका ढकालले आफ्नो अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन। ‘बालबालिकादेखि युवासम्म, ज्येष्ठ नागरिकदेखि निजी क्षेत्रसम्मका समस्या नीतिगत रूपमा सम्बोधन गर्दै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ उनले भनेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend