logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ ।



इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र २४ भदौको आन्दोलनका कारण विभागमा

ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend