logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, प्रहरीद्वारा पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।



बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे छलफल हुने भएको छ। त्यसैगरी पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयले पनि बैठकमा प्राथमिकता पाउने बताइएको छ।

गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँटसमेत बैठकले गर्ने जनाइएको छ। यसैबीच, देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशनलाई तीव्रता दिएको छ। पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद र त्यसको व्यवस्थापनबारे पनि आजको बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend