जन आकाश
काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मंसिर ८ गते प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गरेका छन्। प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णय अनुरूप मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन सिफारिस गरेका थिए। सोही अनुरूप प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१०) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरू हुने गरी प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले जानकारी दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend