logo मंगलबार, भाद्र २ २०८३ | Tuesday 18th August 2026

नेपाली साहित्यमा छुपेका शीतः समिक्षक वरिष्ठ साहित्यकार पूर्व साहायक रथी तेज प्रकाश बाँनियाको कलमबाट


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

समिक्षक वरिष्ठ साहित्यकार पूर्व साहायक रथी तेज प्रकाश बाँनियाको कलमबाट
१ विद्वान साहित्यकार पुष्कर अथक रेग्मी पाल्पा जिल्लाको श्री नगर, तानसेनमा जन्मनु भई पाल्पालाई नै कर्मथलो बनाई तानसेन बहुमुखी क्याम्पस मा लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहदै क्याम्पस प्रमुखको कार्यभार पनि सम्हाल्दै आउनुभएको छ । उहाँ नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा शिक्षाविदको रुपमा सम्मानित पनि हुनुहुन्छ । प्राध्यापन जस्तो व्यस्त र महत्वपूर्ण क्षेत्रमा रहेर पनि एक दर्जनभन्दा बढी सामाजिक  संस्था एवम् शिक्षा र साहित्यसँग सम्बन्धित समाज, सोसाइटी प्रतिष्ठानहरुमा आबद्ध हुनुहुछ । अनुसन्धान र खोजमूलक काममा लागिरहन रुचाउने रेग्मीले नेपाली काव्य साहित्यको विधामा धेरैजसो प्रयोगमा नआई सुसुप्त अवस्थामा रहेको नेपाली काव्य साहित्यमा दुइ अक्षरी, जम्मा चार भेदमात्र भएको लघुतम विधा ‘शीत’ रचना विधान को पुस्तक ‘अध्यैरे’ अध्ययन गर्ने अवसर पाएँ ।
२ प्रस्तुत विषय साहित्यको काव्य विधासँग सम्बन्धित भएको र उदाहरणमा प्रयोग भएका सबै शब्द दुइ अक्षरी काव्यसँग सम्बन्धित भएको र यसमा प्रवेश गर्नु पहिले छन्दको सामान्य जानकारी लिन उचित ठान्दछु । छन्दको प्रयोग कहिले  देखि भयो भत्रे सम्वन्धमा ऋगवेदमा उल्लेख भएअनुसार विराट यज्ञबाट छन्दहरु उत्पत्र भएका हुन् । छन्दलाई वेदको अङ्ग मानिएको छ । कुन अङ्ग भन्ने सम्बन्धमा आचार्य पाणिनीले ‘पाउ’ भनी लेखेका छन । यसबाट वैदिक कालदेखि नै बेदसँगै छन्दको प्रादुर्भाव भएको देखिन्छ । आचार्य पिङ्गलले छन्दको आविस्कार गरेका हुन् । उनले छन्द सुत्रको रचना गरी छन्दका नियमहरुलाइ व्यवस्थित गरेकाले छन्दलाई पिङ्गलशास्त्र पनि भनिन्छ । छन्दहरु अनगिन्ती छन् । तर प्रयोग कर्ताको आवश्यकता अनुसार मात्र प्रयोगमा आइरहेका छन् । छन्दहरु एक अक्षरबाट सुरु भएर शब्दले मागे अनुसार अक्षरको हुन्छन् ।
३ प्रयोगमा भएका छन्दहरु मध्य दैनिक बोलीचाली र लेखाइमा एक अक्षरबाट खास शब्दहरु निर्माण गर्न नसकिने हुन्छ । तर दुइ अक्षरी छन्दबाट तयार गरिएको काब्य पनि अहिले सम्म प्रकाशनमा आएको देखिएको छैन । यसरी सुसुप्त अवस्थामा रहेको विधालाई पाठक सामु ल्याउने उद्देश्यले साधक पुष्कर अथक रेग्मीले बडो मिहिनेतका साथ अध्ययन गरी वैदिक शास्त्रद्वारा प्रतिपादित दुइ अक्षरी छन्दको शास्त्रीय दायरा भित्र रही, रचना नियम सहित साहित्य, सर्जक एवम् साहित्य प्रेमी र पाठक तथा शंकलकहरु समेतले बुझ्न सजिलो पुस्तकको रुपमा ‘अध्यैरे’ हात परेको छ ।
४ साहित्यका धेरै विधामा कलम चलाई करीब दुइ दर्जन कृति प्रकाशन गरी नेपाली साहित्यको श्री बृद्धिमा बिशिष्ट योगदान पु¥याउनु भएका साधक रेग्मीले २०७८ साल आषाड महिनादेखि पाल्पा जिल्ला तानसेन श्रीनगर क्षेत्रबाट चतुष्पदी लघुतम काव्य उपबिधा दुइ अक्षरी छन्द कविताको परिकल्पना गर्दा नाम ‘अध्यैरे’ जुरेकोले र यसको व्यापकताको लागि सामाजिक सञ्जाल मार्फत धेरै समकक्षिहरुसँग अन्तकृया  गरी शीत काव्य समाज पाल्पा गठन गरेर २०८१ साल सम्ममा लघुकाव्य सङ्ग्रह शीत कल्प ‘अध्यैरे’ २०८१ प्रकाशित गर्र्नु भयो । हाल सम्म शीतका शौकिनहरु करीव १० जनाले शीत गहिराई सम्म अध्ययन गरी बिभित्र शीर्षक राखेर पुस्तक समेत प्रकाशीत गरिसकेका छन् । यसरी प्रकाशीत कृतिहरु मध्य कति कृतिहरु त काव्य समाज नेपाल पाल्पाले निर्धारण गरेको सर्त भित्र परेकाले उपाधि समेत हातपारी आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अरु करीव १० जना शीत लेख्ने तर्खरमा छन् । तसर्थ शीत को माइती घर अथवा उद्गम स्थल पाल्पालाई मानिन्छ । अहिले सम्ममा शीत लेखनमा भएको प्रगती हेर्दा सन्तोषजक छ । दुइ अक्षर मात्र भएकोले लेख्न नजात्रेहरुले पनि कनिकुथी लेख्ने थालिसकेका छन् ।
५ पहिला नेपालमा साहित्यकारहरुको धेरै हस्तीहरू थिएनन् । शैक्षिक क्षोत्रमा धेरै उत्खनन् हुन सकेको थिएन । तर पनि आजको विश्वमा भएको भौतिक एवम् डिजिटल प्रविधिको प्रगतिले मानिसको दिमागलाई बोधो बनाएको छ । प्रविधिले हरेक कुराको पचासौं भाषामा एकैपटक समाधान दिन सक्छ । यसैगरी कुनै पनि प्रश्न सोधेपछि हर प्रकारले यसको जवाफको लागि प्रयास गर्दछ, आदि इत्यादि कारणले गर्दा हाम्रो पठन संस्कृतिमा नकारात्मक असर परिरहेछ । एकातिर टिभी र मोबाइल तथा ल्यापटपमा मनोरञ्जन अर्कातिर दैनिक गृहकार्य प्रविधिले गरिदिने  हुँदा दिमाग बोधो र अल्छी बन्दै गएको  हो ।
तर लेखन संस्कृति भने दिन दुगुना र रात चौगुनाले बढ्दै गएको छ । यसमा एक किसिमको अश्वस्थ्य प्रतिष्पर्धा भैरहेछ । राम्रोसँग आँकडा संकलन गर्ने हो भने पाठक भन्दा लेखकको संख्या बढी हुन सक्छ । अक्षरको संख्या गनेर वा आकार इकार  वरपर पारेर भएपनि, भित्रता देखाई आफुलाई नयाँ विधाको प्रणेताको लाइनमा उभ्याउने र पुस्तक प्रकाशन गर्ने होडबाजी चलिरहेछ । हुनत सिक्ने पनि यसै गरेर हो । तर सिक्नु र पुस्तक  प्रकाशनु गर्नु फरक कुरा हो । यसले नेपाली साहित्यलाई कुनै किसिमको टेवा पुग्ने देखिदैन ।
अन्त्यमा, आजको युग भनेको समयको युग हो । जतासुकै समयले दपेटी रहेछ । संस्कृतमा भनिएको छ । “अनन्तं शास्त्रं बहुलाश्च विद्या अल्पश्चकालो वहुविघ्न च । यत्सारभूतं तदुपासनीयं हंसो यथा क्षिरमिवाम्बुमध्यात ।” भनाइको तात्पर्य के हो भने शास्त्रहरु अनगिन्त छन् । विद्या एवम् सिक्नु पर्ने कुरा अथाह छन् । समय एकदमै छोटो छ । सिमित समयमा असिमित काम भ्याउनु परेको छ । जुनसुकै काम थालौ भनेपनि बिग्न वाधाहरु प्रशस्थ मात्रामा आइपर्छन् । यस्तो अवस्थामा हामीले परिस्थिति बिश्लेषण गरी दुध मिसिएको पोखरीबाट पानी पन्छाएर हाँसले दुध पिए भैसी गरी प्राथमिकता छुट्याउन सक्नु पर्दछ । खास भत्रे हो भने लामो खाले कविता लेख्न र पढ्र्न पनि निकै समय लाग्छ । यसरी पाठकको समयाभावलाई समेत ध्यानमा राखी प्रवर्ततक  रेग्मीले थोरै अक्षरको थोरै लेखाइबाट बुझाउन सकिने नेपाली साशित्यमा छिपेर रहेको शीत विधालाई उजागर गरी अरू विधा सरह प्रकाश पारी निवन्ध, रुपक, सम्बाद,भजन, अन्ताक्षरी, गीत लगायत दैनिक जीवनमा परिआउने यावत् बिषयमा उदाहरण सहित प्रयोग गर्न सक्ने बनाई नेपाली साहित्यको श्री बृद्धिमा जुन योगदान दिनुभएको छ । यो पक्कैपनि अतुलनीय योगदान हो । यसरी तल्लीन भएर नेपाली साहित्यलाई आ –आफ्नो क्षत्रबाट उल्था गरेर अरू देशमा पठाउने हो भने नेपाली साहित्यले पनि विश्व साहित्यमा स्थान पाउनेछ । राज्यले पनि यस्ता सर्जकको कदर गर्नुपर्दछ । नेपाली साहित्यको फाँटमा शीत काव्यले चारैतर्फ चेतना जगाएको छ । चौतारिमा सीढी थपिएको छ । उहाँलाई मेरो तर्फवाट साधुवाद, आजलाई यति ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend