जन आकाश
काठमाडौं । भदौ महिनामा ११ दिन सार्वजनिक बिदा परेको छ।भदौ महिनामा शनिबार र आइतबारबाहेक तीन दिन सार्वजनिक बिदा हुँदा ११ दिन सार्वजनिक बिदा हुने भएको हो।
भदौ महिनामा शनिबार र आइतबार बाहेक जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजको बिदा छ।भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते तीजको सार्वजनिक बिदा यो महिनामा छ।
त्यसैगरी भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते शनिबार रआइतबारको बिदा छ। भदौमा दुई पटक ३(३ दिन लगातार बिदासमेत परेको छ।भदौ १२, १३ र १४ गते लगातार बिदा छ। त्यसैगरी भदौ १९, २० र २१ गते पनि लगातार बिदा परेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend