logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

आँसु बिक्ने सहर’को म्युजिक भिडियो सार्वजनिक


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । गायक विजय थापाको स्वरमा रहेको ‘आँसु बिक्ने सहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। शंकर भुजेलको शब्द, एनिस एन्जल राईको संगीत, बुद्ध स्याङबोको एरेञ्ज तथा प्रकाश केसीको मिक्सिङ–मास्टरिङ रहेको गीत ड्रिम स्टुडियोमा रेकर्ड गरिएको हो।



गीतको भिडियोमा गायक विजय थापासहित एमबी राउत र अप्सरा मगरको अभिनय रहेको छ। ओम प्रसाईको छायांकन तथा सम्पादन रहेको भिडियो काठमाडौं उपत्यका र आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको हो।

ग्यालरी हाउसको पोस्ट प्रोडक्सनमा तयार भएको भिडियोको निर्देशन गायक थापा स्वयंले गरेका हुन्।एक दशकदेखि साहित्य, कला तथा संगीत क्षेत्रमा सक्रिय थापा विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन्। उनी अहिले विभिन्न स्टेज कार्यक्रममार्फत सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend