logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

ऊर्जा प्रणाली सुधार र वितरण सुदृढीकरण सरकारको प्राथमिकता, मन्त्री श्रेष्ठ


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान गर्दै विद्युत् वितरण प्रणाली सुदृढीकरण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।



प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै स्वदेशी आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको बताए। आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा विद्युत् बढी हुने र सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।

मन्त्री श्रेष्ठले बढ्दो माग र पुराना संरचनाका कारण वितरणमा समस्या देखिएको स्वीकार गर्दै काठमाडौं उपत्यकासहित प्रमुख सहरमा स्मार्ट मिटरिङ, सबस्टेशन अटोमेसन र औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर निर्माणलाई तीव्रता दिइएको जानकारी दिए। वितरण प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनमा रहेको समेत उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend