logo शनिबार, असोज १० २०८३ | Saturday 26th September 2026

होन्डा गाडी खरिदमा सहुलियतपूर्ण अटो लोन, स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकबीच सम्झौता


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होन्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।



सम्झौताअनुसार एनआईसी एसिया बैंकले होन्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जाको सुविधा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

यो सुविधा होन्डाका लोकप्रिय मोडलहरू होन्डा सीआर–भी, सिटी ईःएचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेट लगायतका गाडी खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ।

सम्झौतापत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोर्ट्गेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होन्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।

स्याकार ट्रेडिङ र एनआईसी एसिया बैंकले यस सहकार्यबाट ग्राहकलाई नयाँ होन्डा कार खरिद गर्न आर्थिक रूपमा सहज हुने तथा गाडी खरिद प्रक्रिया सरल र छिटो हुने विश्वास व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend