logo शनिबार, असोज १० २०८३ | Saturday 26th September 2026

नारायणी नदीमा बाढी: सुस्ताबाट २९ जनाको उद्धार, गाईबाख्रा पनि सुरक्षित स्थानमा सारियो


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं ।अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीयको सकुशल उद्धार गरेको छ।



असोज ९ गते परेको लगातारको वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरहरूमा पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी टोली उद्धारका लागि परिचालन भएको थियो।

सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीयको उद्धार गरेको हो।

उद्धारका क्रममा १ वटा गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ। उद्धार गरिएका स्थानीय बासिन्दा तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले उद्धार तथा राहतसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend