जन आकाश
काठमाडौं । एनएमबी बैंक र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य हुने भएको छ।
साझेदारीमार्फत नेपालमा ग्रिन फाइनान्सिङलाई थप प्रभावकारी बनाउँदै विज्ञानमा आधारित ज्ञान तथा समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखिएको छ।
सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबी बैंकको वित्तीय क्षेत्रको विशेषज्ञतासँग जोडिनेछ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएमबी बैंक र इसिमोडबीचको साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend