logo बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026
logo

बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026

कांग्रेसको समानान्तर महाधिवेशन : देउवा पक्षको वडा अधिवेशनमा शेखर पक्ष पनि सहभागी हुने


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाइरहेका छन्।



देउवा पक्षले असोज १५ देखि १७ गतेसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ। उक्त अधिवेशनमा शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तासमेत सहभागी हुने भएका छन्। शेखर पक्षका नेता–कार्यकर्ता विभिन्न जिल्लामा पुगिसकेको र वडा अधिवेशनमा सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता संस्थापन पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी अहिले क्षेत्रीय अधिवेशन गरिरहेको छ। संस्थापन पक्षले असोज १८ देखि २२ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend