logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

टोयोटा खरिदमा ५.९९ प्रतिशत ब्याजदरमा अटोलोन


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष वित्तीय सुविधा सार्वजनिक गरिएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि. र एनआइसी एशिया बैंक लिमिटेडबीच भएको वित्तीय सहकार्यअन्तर्गत ग्राहकले सात वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटोलोन प्राप्त गर्न सक्नेछन्।



यस योजनाअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुटसमेत उपलब्ध हुने जनाइएको छ। सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ।

दसैंलाई लक्षित गरी ल्याइएको यस योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।

समझदारी पत्रमा युटिएसका डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र एनआइसी एशिया बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसीले हस्ताक्षर गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend