logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

बजाज पल्सर एनएसको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।



शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने कम्पनीले जनाएको छ। ‘पावर मिट्स पावर’ अवधारणामा आधारित यस सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्नेछ।

कम्पनीका अनुसार ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन तथा मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खान्छ। यस सहकार्यबाट विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ।

अब रविन्द्र ढाँट पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछन्। उनका माध्यमबाट पल्सरका उत्पादनका विशेषता तथा प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

बजाजका अनुसार रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य शक्ति र प्रदर्शनको समान भावनालाई जोड्ने प्रयास हो। पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यम हेर्न सक्नेछन्। साथै, पल्सरबारे थप जानकारीका लागि नजिकैको बजाज सोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend