logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

सिद्धार्थ बैंकको दसैं अफर : दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दराजसँगको सहकार्यमा दसैं लक्षित ‘१०–१० दसैं धमाका’ अफर सार्वजनिक गरेको छ।



अफरअन्तर्गत सिद्धार्थ बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्। यो अफर असोज १५ गतेदेखि असोज २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२ सम्म सञ्चालन हुनेछ।

भिसा डेबिट कार्ड प्रयोगकर्ताले अधिकतम १० प्रतिशत अर्थात् १ हजार रुपैयाँसम्म तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले अधिकतम १५ प्रतिशत अर्थात् १ हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन्।

अफरको लाभ लिन ग्राहकले दराज एपमा रहेको ‘मेगा दसैं डिस्काउन्ट १०.१०’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ‘माइ भाउचर्स’मा सुरक्षित हुनेछ।

त्यसपछि १ हजार ९ सय ९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड रोज्नुपर्नेछ। सम्बन्धित कार्डमार्फत भुक्तानी गरेपछि ग्राहकले छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार दसैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले दराजसँग सहकार्य गरिएको हो। यस अफरले डिजिटल भुक्तानीको प्रयोग बढाउनुका साथै ग्राहकलाई थप सुविधा र लाभ उपलब्ध गराउने बैंकको विश्वास छ।

अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र वा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend